काठमाडौं ,१४ फागुन , रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीकी प्रदेश ३ कि संयोजक समीक्षा बास्कोटा नेतृत्वमा मंगलबार टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा पुगी अरबौंको भ्रष्टाचारमा मुछिएकाहरुलाई राजनीतिक प्रभावमा नपरी स्वतन्त्र र निष्पक्षले ढंगले अनुसन्धान गरी जती सक्दो चाडो कारबाहीको दायरामा ल्याउन प्रवक्ता रामेश्वर दंगाललाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
विवेकशील साझा पार्टी, काठमाडौं कार्य समितिका नेता चोकराज घिमिरेका अनुसार ध्यानाकर्षण पत्रमा आर्थिक अनियमितता,पदीय दुरुपयोग र भ्रष्टाचारमा मुछिएकाहरुलाई तत्काल कारबाहीको दायरामा ल्याउन आयोगको ध्यानाकर्षण गराएको जानकारी दिएका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय परिसरमा विवेकशील साझा पार्टीका कार्यकर्ताहरुले ‘चर्को स्वरमा बोलौं, भ्रष्टाचारीको पोल खोलौं’, ‘भ्रष्टाचारीहरु जेल परुन’ लगायतका प्लेकार्ड प्रर्दशन पनि गरेका थिए ।
Ncell को लाभांश कर , ३३ किलो सुन तस्करी,वाइडबडी जहाज खरिद प्रकरण , नेपाल आयल निगमको जग्गा खरिद प्रक्रियामा भ्रष्टाचार भएको दाबी गर्दै विवेकशील साझा पार्टीले कारबाहीको माग गरेका छ।