काठमाडौं । काठमाडौंमा एउटा राँगोले वितण्डा मच्चाएपछि प्रहरीले गोली हानेर मारेको छ । महानगरीय प्रहरी वृत्त जनसेवाको टोलीले राँगो मारेको हो ।
चन्द्रागिरी नगरपालिका– ४ स्थित गोदामचौरमा राँगोले आतंक मच्चाएपछि आज बिहान एक राउन्ड गोली हानी राँगो मारेको काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले बताए ।