काठमाडौँ, सिन्धुलीमा गत राती चट्याङ लाग्दा ३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीको अनुसार घाइते मध्ये एकको अवस्था गम्भीर रहेको छ ।
घाइते हुनेहरु सिन्धुलीको तीन पाटन गाउँपालिका आरुबोटेका ३२ वर्षीया उखमाया लामिछाने, १३ वर्षीय ज्ञानबहादुर मसराङगी मगर र ३८ वर्षीया सितामाया सार्की रहेका छन् ।
प्रहरीका अनुसार घाइते ३ मध्ये सीतामायाको अवस्था गम्भीर रहेकोले तिल्पुङ स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात उनलाई थप उपचारको लागी धुलिखेल पठाइएको छ ।
बाँकी २घाइते थप उपचार पश्चात घर फर्किएका छन् । प्रहरीका अनुसार बर्षातसँगै परेको चट्याङले सोही ठाउँका फरीबहादुर तामाङको ३ वटा बाख्रा, १ वटा बोको र १ वटा कुखुरा मरेको छ ।