काठमाडौँ, आईतबार बर्षासंगै खसेको चट्याङको कारण ७ जना घाइते भएका छन् ।
खोटाङको दिक्तेल-रुपाकोट मझुवागढी नगरपालिका-५ मा साँझ ७ बजे चट्याङ खसेर घाइते हुनेमा सोही ठाउँ बस्ने बर्ष ३५ की रेणुका बिष्ट, निजको छोरी बर्ष १५ की जानुका बिष्ट, बर्ष ११ की अनुषा बिष्ट, छोरा बर्ष ११ को अभिषेक बिष्ट रहेका छन् ।
त्यस्तै सोही ठाउँ बस्ने युवराज कट्वालको छोरी बर्ष १४ की लक्ष्मी कट्वाल सोही ठाउँ बस्ने बर्ष ७५ की खेम कुमारी कट्वाल, बर्ष ४० की पदम कुमारी बिष्ट र बर्ष ३४ कि मीना कट्वाल पनि घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार घाइते सबैलाई उपचारको लागि जिल्ला अस्पताल दिक्तेल पठाईएको छ । घाइतेको अवस्था सामान्य रहेको उनीहरुको भनाई छ ।
यससंगै राजधानीको मौसममा समेत ठुलो परिवर्तन आएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार अपरान्हपछि पनि वर्षा हुनेछ ।