काठमाडौँ, सोमबार राती अछाममा चट्याङको कारण १ को मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । मृत्यु हुनेमा अछामको पञ्चदेवल विनायक नगरपालिका–७ घर भएका प्रसाद रावलको छोरा अन्दाजी १४ वर्षीय जनक रहेका छन् ।
राति घरमा चट्याङ पर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तथा प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले बताएका छन् । शवलाई परीक्षणका लागि जिल्ला अस्पताल ल्याउने तयारी भएको प्रहरीले जनाएको छ ।
यसैगरी जिल्लाको सोही नगरपालिकाका वडा नं ४, ७ र ८ मा चट्याङकै कारण १६ जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइतेलाई उपचारको लागी जिल्ला अस्पताल अछाम लगिएको छ ।
सोमबार साँझ हावाहुरीसँगै आएको असिना पानी तथा चट्याङले निकै नोक्सान पुर्याएको छ ।