काठमाडौँ, काम गराइदिने बताउँदै सेवाग्राहीसँग घुस लिँदै गर्दा सप्तरीका वडाध्यक्ष रंगेहात पक्राउ परेका छन् । सोमबार बिहान सुरुङा नगरपालिका–५ का वडाध्यक्ष सिल्टु मियाँलाई घुस लिइरहेको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको हो ।
स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेको तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका मियाँ काठको व्यवसाय गर्दै आएका थिए । प्रहरीले उनि माथि थप अनुसन्धान अघि बढाई रहेको छ ।