काठमाडौं विर अस्पतालका न्युरो सर्जन डा.ध्रुवराज अधिकारीले आफ्नो राजीनामा पत्रमा चाकडी र घुस दिन नसकेको उल्लेख गर्दैै राजीनामा दिएका छन् ।
’पूर्वाग्रह साथ दु:ख दिएको र चाकडि र घुस समेत डिमाण्ड अनुसार दिन असक्षम हुँदा राजीनामा दिएको छु’ उनको राजीनामा पत्रमा भनिएको छ। उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई अधिकारीले बुझाएको राजीनामामा विगत एक वर्षदेखि वीर अस्पतालको न्यूरो सर्जरी विभागमा तलव विहिन भएर काम गर्दै आएको समेत उल्लेख गरेका छन् ।
सोमबार पदबाट राजीनामा दिएका अधिकारीको राजीनामा पत्र सामाजिक सञ्जालमा भाइरल भएको छ।