घाइते छोरा भेट्न आएकी आमाले एकाएक छोराको शव देख्दा

काठमाडौं फागुन १७ :- ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको थियो । दुर्घटनामा परि हेलिकप्टरमा सवार मन्त्री अधिकारीसहित अधिकारीका पीएसओ अर्जुनकुमार घिमिरे को निधन भएको थियो जसका बाबुको ६ महिनाअघि मात्रै मृत्यु भएको थियो ।
बाबुको मृत्युपछि छोराको सहारामा बाँचिरहेकी झन्डै ६५ बर्षकी मिठु घिमिरेले मृत्युबारे बिहीबारसम्म पनि बेखबर थिइन् । उनलाई अर्को के बज्रपात आइलागेको छ थाहा पनि थिएन ।
उनलाई छोरा बस दुर्घटनामा घाइते भएको भन्दै भेट्नका लागि आफन्तले काठमाडौं ल्याएका थिए । तर नियतीको खेल उनी छोरा भेट्न होइन श्रद्धाञ्जली दिनका लागि आएकी थिइन् ।
उनका श्रीमान १० बर्ष निरन्तर विरामी भएर ६ महिनाअघि बितेका थिए फेरि छोरा हेलिकोप्टर दुर्घटनामा परेर निधन भएको खबर अगाडि नै सुनाए काठमाडौं ल्याउन नसकिने भएपछि अर्जुनकी आमालाई दुर्घटनाबारे केही नबताइएको उनका आफन्तहरुले बताए । उनले मृत्यु भएको छोराको अनुहारसम्म हेर्न पाइनन् दुर्घटनामा घिमिरेको शव चिन्न नसक्नेगरी जलेको छ । उनी टुँडिखेलमा श्रद्धाञ्जलीका लागि पुग्दा भावविह्वल थिइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया