घरसँगै साह परिवारको सपना ख’रानी

फोटो फाईल

सप्तरी, १९ मङ्सिर/ छोराछोरीको अध्ययनका लागि जोहो गरेको नगदसहित सम्पूर्ण सामान आगलागीमा जलेर खरानी भएपछि सप्तरीको राजगढ गाउँपालिका–४ बेल्ही चपेनाका एक परिवार ठूलो बि’जोगमा परेको छ । क्याम्पसको पढाइ शुरु भएपछि छोराछोरीलाई उच्च शिक्षा गराउने ठूलो सपना देखेका बेल्ही चपेनाका आनन्द साहको परिवार बिहीबार भएको आ’गलागीमा नगदसहित घर जलेपछि चि’न्तामा डुबेको छ ।

दिउँसो धान का’ट्न सपरिवार खेत गएका बेला अचानक भएको आ’गलागीमा छोराछोरीको उच्च शिक्षाका लागि साहुमहाजनसँग ऋण लिएर जोहो गरेको नगद रु एक लाख ७५ हजार, सुनचाँदीका गरगहना तथा अन्नपातलगायतका सबै सामान जलेर नष्ट भएपछि यतिबेला बिजोगमा परेको स्थानीय ओमप्रकाश मण्डल बताउँछन् ।

क्याम्पस सञ्चालन भएपछि छोरीको क्याम्पस भर्ना र छोराको शुल्क तिर्न साह परिवारले नगद जम्मा गरेको थियो । मण्डलका अनुसार आनन्द साह शुक्रबार लहान गएर क्याम्पसमा छोरीको भर्ना र चितवनमा अध्ययनरत छोराका लागि शुल्क तिर्ने योजनामा हुनुहुन्थ्यो । अचानक घरमा आ’गलागी हुँदा घरको सबै सामान जलेर खरानी भएपछि साह ठूलो स’ङ्कटमा पर्नुभएको मण्डलले बताउनुभयो । पीडित साह भन्नहुन्छ, “आ’गलागीमा न त टाउको लुकाउने छानो रह्यो न त एक सुको पैसा नै, अब कसरी छोराछोरीलाई पढाउने भन्ने ठूलो चिन्ता छ ।”

क्याम्पसमा पढाइ शुरु भएका बेला एक्कासि भएको आगलागीले घरबारविहीन बनाइएपछि छोराछोरीलाई क्याम्पसमा कसरी भर्ना गर्ने भन्ने चिन्ता थपिएको छ साहलाई । आ’गो कसरी लाग्यो भन्ने पत्ता लागेको छैन । घर र गोठमा आ’गो लागेर खरानी भएको छ ।

आ’गो लागेपछि स्थानीय र प्रहरीले आगो निभाएर फैलिन नदिए पनि उहाँको घर भने खरानी भएको छ । छोराछोरीलाई उच्च शिक्षा दिलाउने धोको घरसँगै खरानी भएको साहले बताउनुभयो । पीडित परिवारको वेदना सुनेर छिमेकीले तत्कालका लागि खाने व्यवस्था गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया