घरमै भाँडोमा जम्मा गरेर राखेको पानीमा डुबेर १७ महीने बालकको मृत्यु

फाइल फोटो

मोरङको सुन्दरहरैंचा नगरपालिका–१० मितेरीटोलका रामबहादुर सम्बाहाम्फेको १७ महीनाको छोरा पाङचुहाङ सम्बाहाम्फेको आज दिउँसो पानीमा डुबेर मृत्यु भएको छ ।

सोही स्थान बस्ने फुपू कमला धिमालको घरमा भाँडोमा जम्मा गरेर राखेको पानीमा डुबेर बालकको मृत्यु भएको हो ।

डुबेर गम्भीर अवस्थामा फेला परेका बालकलाई तत्काल उपचारका लागि विराटचोकस्थित सुकुना सामुदायिक अस्पताल लगिएकामा उपचारकै क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीका प्रहरी निरीक्षक रामकुमार राईले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया