एजेन्सी, शिक्षा निकै महत्वपूर्ण छ । यस बारे त हामी सबै अवगत नै छौँ । यस बारे निकै जागरूकताका कत्र्यक्रमहरु पनि हुने गर्दछन् । तर पनि अझै यस्ता निकै बालबालिका छन् जो शिक्षाबाट बन्चित छन् ।
यस बाहेक कोहि बालबालिका यस्ता हुन्छन् जो शिक्षाको चहाना हुँदा हुँदै पनि त्यसबाट बन्चित हुन्छन् । यस मध्य धेरै जसो आर्थिक स्थिति कम्जोर भएको कारण बन्चित हुने गर्छन् ।
यस्तै एक उदाहारण पेरुको मोछे शहरमा पाइएको छ । सिसिटीभी फुटेजमा कैद भएको एक भिडियो अहिले निकै भारल भैरहेको छ । घरमा बत्तिको पैशा तिर्ने अवस्था नभए पछि १२ वर्षीय बालक जहाँ इच्छा त्यहाँ उपाय भनेझै सडकको पेटीमा बसेर पढ्ने गर्दछन् ।
एक प्रहरीले क्यामेरा जाँच गर्दा फेला पारेका उक्त भिडियोमा एक बालकले सडकको पेटीमा बसेर पढिरहेका छन् । बालक त्यहाँ आफ्नो होमवर्क गर्न जाने गरेको बताइएको छ ।;