ग्यास सिलिण्डर पड्केर ७ जना घाइते, २ कि अवस्था गम्भीर !

फाइल फोटो

काठमाडौँ, बारामा ग्यास सिलिन्डर पड्किंदा ७ जना घाइते भएका छन् । घाइते मध्य २ को अवस्था निकै गम्भीर छ ।

बाराको जितपुरसिमरा उपमहानगरपालिका १४ डुमरवानास्थित स्याउली बजारमा भएको यस दुर्घटनामा एकै परिवारका चार जना सहित अन्य ३ जना घाइते भएका हुन् ।

ग्यासको सिलिण्डरमा रेगुलेटर जोड्ने क्रममा ग्यास लिक भई स्थानीय सुकुमाया ब्लोनको घरमा उक्त दुर्घटना भएको थियो । प्रहरी कार्यालय सिमराका अनुसार घाइते हुने नजरमान थिङ्ग, बौद्धमान थिङ्ग, अनिता थिङ्ग, दिलमाया वाईवा, सुनमाया ब्लोन र कमली माया रहेका छन् ।

घाइतेको सिमरास्थित अल्पाईन अस्पतालमा उपचार भइरहकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया