गोबर ग्यासको खाडलमा डुबेर डेढ वर्षीय बालकको मृत्यु

पर्वत, ६ असोज/फलेवास नगरपालिका–१० कुर्घामा आफ्नै घरमा रहेको गोबर ग्यासको खाडलमा डुबेर आज डेढ वर्षीय बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रेगम नेपाली रहेको प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिनुभयो ।

उनलाई फलेवासस्थित धुलिखेल अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

घरमा कोही नभएका बेला आँगनमा खेलिरहेका नेपाली खाडलमा खसेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया