गोंगबुमा प्रहरीमाथि हमला गर्न खोज्ने तामाङलाई प्रहरीले गोली हानी नियन्त्रणमा लियो

फाइल फोटो

पब्लिक आवाज/ संवाददाता

काठमाडौं । काठमाडौंमा प्रहरीले भर्खरै गोली चलाएको छ । गोंगबुस्थित एक होटलमा शंकास्पद गतिविधि गरिरहेका काभ्रेका अभिलास तामाङलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको हो ।

काठमाडौं प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीको नेतृत्वमा गएको टोलीले ताकाङलाई गोली हानी पक्राउ गरेको हो ।

उनको देब्रे खुट्टामा गोली लागेको प्रहरी स्रोतले पब्लिक आवाजलाई जनकारी दिएको छ ।गोली लागेका तामाङलाई उपचारार्थ त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको छ ।

हिजो देखि होटलमा बसेर तामाङले शंकास्पद गतिविधि गरिरहेको सूचना आधारमा प्रकाउ गर्न प्रहरी जादा उनले पेस्तोल देखाएर हमला गर्न खोज्दा गोली चलाउनु परेको प्रहरीले बताएको छ ।

प्रहरीले गोली हानी घाइते बनाएका तामाङको साथबाट एउटा पेस्तोल र ६ राउण्ड गोली बरामद भएको उनले दाबी समेत बरामद गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया