गुण्डागर्दीमा संलग्न चतुर अत्याधुनिक हतियार मेसिन गनसहित पक्राउ

आलोक यादव/पब्लिक आवाज
सिरहा ,पौष १७ गते । आज बिहान (राति ) २स्०० बजेको समयमा प्रहरीले सिराह बाट अत्याधुनिक हतियार मेसिन गनसहित एक जनालाई पक्राउ गरिएको छ ।विशेष सुराकको आधारमा २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर संघीय प्रहरी इकाई कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय बाट खटिएको संयुक्त प्रहरी टोलिले जिल्ला सिरहा गोलबजार नगरपालिका वडा नम्बर ४ स्थित राजमार्ग बाट मेसिन गत सहित ४६ वर्षीय चतुर नारायण चौधरीलाई पक्राउ गरिएको हो ।

स्थित पूर्व पश्चिम राजमार्गमा सवारी साधन चेक जाँच गर्ने क्रममा पूर्व बाट पश्चिम तर्फ आउदै गरेको स ५ प ३७४१ नम्बरको थ्द्यच् मोटरसाइक रोकिचेक जाँच गर्दा सवार जिल्ला सिराहा धनगडिमाई नगरपालिका वडा नम्बर ११ छपराडि बस्ने चौधरीले बोकि ल्याएको कालो रातो रङ्गको झोला बाट निम्मानुसारको हातहतियार तथा समानहरु मा SMG गन थान १,म्यागिजन थान २,गोलि ५ राउन्ड , कालो रातो रङ्गको ब्याग थान १,स५प ३७४१ नम्बरको YBR मोटरसाइकल थान १ ,सबारी चालक अनुमतीपत्र थान १ , २ वटा सिम काड प्रयोग हुने मोबाइल थान १ , स्वतन्त्र तराई निर्माण सेना केन्द्रिय ब्यूरो लेखिएको पर्चा थान २ ,र केहि दिनअघि सिराहामा प्रेशरकुकर बम राखेर आतंक सिर्जना गर्ने कार्यमा संलग्न चौधरी जयकृष्ण गोईतको भुमिगत समुहबाट छुटेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

‘चतुरनारायण चौधरीले पछिल्लो समय गोईतको नामबाट चन्दा संकलन लगायतका कार्य गर्दैै आएको खुलेको छ । ‘चौधरीको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सिराहाले थप अनुसन्धान गरिरहेको छ जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी माधब राज खरेर पब्लिक आवाजलाई जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया