काठमाडौँ, काभ्रेमा गुडिरहेको ट्याक्टरबाट खस्दा एक जनाको मृत्यु भएको छ । उक्त दुर्घटना शनिबार काभ्रेको माहाभारत गाउँपालिकामा–१ आरुबोटेमा भएको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार गोकुलेबाट आरुबोटे तर्फ जाँदै गरेको ना ३ त ९१०३ नम्बरको ट्याटर पछाडि बसेका आरुबोटेका ३५ वर्षीय लालमान जिम्बाको मृत्यु भएको हो ।
ट्याक्टरबाट खसेका जिम्बाको ट्याटरकाे चक्काले ढाडमा किच्दा उक्त दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका जिम्बालाई उपचारको लागि स्थानीय मेडीकलमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएकाे हो ।







