गिविना मगर जसले हातमा पैसा मुुठ्ठी पारेर गरिब दु:खीहरूलाई सहयोग गर्दै हिड्छिन !

सोसल मिडिया टिकटकबाट सेवानै धर्म हो भन्ने मनकारी जो गरीब, दुःखी को साक्षात्कार भगवान भएर निकै भाइरल महान चेली जो हातमा मुठ्ठी पारेर द्ववांग हान्न लगाउदै सडक पेटीमा सुत्ने भोका, गरीब र असक्तलाई खुल्ला मनले सहयोग गर्ने गिविना मगर हुन् ।

पोखरामा बसोबास गर्ने २४ वर्षिय गिभिना पेशागत रूपमा उनि शिक्षिका पनि हुन। आफ्नो खाली रहेको समयमा उनले टिकटकमा अरुले भन्दा भिन्नै किसिमको भिडियो बनाएर अपलोड गर्ने गर्छिन। जुन भिडियोमा उनले सडकमा जिवन बिताइरहेका मानिसहरूलाई आर्थिक सहयोग देखि खाने कुरा तथा कपडाहरु दिएर सहयोग गर्दछिन् ‌।

टिकटकमा धेरै किसिमका भिडियोहरु हेर्न सकिन्छ तर सोसल मिडिया बाट पनि एक किसिमको सहयोग र सन्देश दिन सकिन्छ भन्ने एउटा उदाहरण हुन उनि ।

फेसबुकबाट तपाईको प्रतिक्रिया