गठबन्धनले घाटा लाग्यो, अब सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिन्छौं : माधव नेपाल

डोटी । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्दा आफ्नो पार्टीलाई घाटा लागेको बताएका छन् ।

‘गठबन्धनको गीतमात्रै गाउँदा स्थानीय तहमा हामीले अपेक्षा गरे अनुसारको नतिजा आएन’ पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले भने, ‘आफ्नै बलमा चुनाव लडेको भए १०० भन्दा बढी पालिकामा जित हुने थियो ।’

नेपालले नामको मात्र कम्युनिष्ट पार्टी हुनुभन्दा नेपाली कांग्रेस राम्रो भएको बताए । ‘केशरजंग राइमाझीको कम्युनिष्ट पार्टीले राजाको निरंकुशतालाई समर्थन गर्‍यो, नेपाली कांग्रेसले गणतन्त्रको पक्षमा आन्दोलन गर्‍यो’ नेपालले भने ‘नाम मात्रै कम्युनिष्ट पार्टी भएर हुँदैन, व्यवहारबाटै कम्युनिष्ट हुनु पर्छ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया