खोलाको छेउमा शव फेला,रहस्मय हत्या

आलोक यादव सिरहा, ८ बैशाख । सिरहाको लहान नगरपालिका वडा नम्बर -९ स्थित बलान खोलाको छेउमा शनिवार एक पुरुषको शव फेला परेको छ । मृतकको घाँटी र टाउँकोमा गहिरो धारिलो हतियारले प्रहार गरिएको लहान प्रहरीले जनाएको छ । मृत्तकका पत्नि माया लामाका अनुसार विहीवार साँझ ७ बजेतीर घरबाट निस्किएका मेरा पति रत्नबहादुर लामासँग एक जना मानिस रहेका थिए ।

दुवै जना बलानतीर गएका थिए । उताबाट भोली शुक्रवारसम्म घर नफर्किदा खोजखबर गर्न लाग्दा शनिवार मात्रै मृत्त अवस्थामा बलान खोलाको छेउमा फेला परेको बताउँछीन । खोजखबर गर्नेक्रममा स्थानीयवासीले ईलाका प्रहरी कार्यालय लहानलाई खबर गरेपछि सो शवलाई अनुसन्धानको लागि कुकुर समेत प्रयोग गरिएको छ । शव हिजै फेला परेपनि आईतवार पोष्टमार्टमको लागि लहान अस्पताल लगिएको छ । मृत्तक परिवारका अनुसार मेरो घरमा तीन दिनदेखि एक जना मानिस मृत्तक लामासँग बस्दै आएको थियो ।

उनीसँगै बलानतीर लागुऔषध गाँजा रहेको भन्दै उनीहरु उतातीर पुगेका थिए । मृत्तक लामा लगभग ६० बर्षकोे हो भने उनीसँग रहेका साथी ५५ बर्ष थिए । तीन दिनसम्म मृत्तक लामासँगै बसेका उनका ५५ बर्षीय साथीको नाम ठेगाना उनका घरपरिवारलाई जानकारी नरहेको बताउँछन् । लहान प्रहरीले यो हत्या हो की आत्म हत्या यसवारे व्यापक अनुसन्धान थालिएको छ । चाडैं परिणाम बाहिर आउँने ईलाका प्रहरी कार्यालय लहानका इन्स्पेक्टर विजय यादवले दावी गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया