खेल्दा खेल्दै खेलौना निल्दा टिभी नायकका दुई वर्षे छोरीको मृत्यु !

फाइल फोटो

एजेन्सी, खेल्ने क्रममा खेलौना निल्दा ‘प्यारका पापड’ मा नन्दु गुप्ताको भूमिका निभाइरहेका नायका प्रतिश बोराकी दुई वर्षीया छोरीको मृत्यु भएको छ ।

बुधबार राती प्रतिशकी छोरी राजकोट, गुजरातस्थित आफ्नो घरमा खेलौनासँग खेलिरहँदा खेलौनाको टुक्रा मुखमा हालेर उनको घाँटीमा अड्केको भारतीय मिडियाले जनाएको छ ।

यसरी घाँटीमा खेलौना अड्किए पछि सास फेर्न नसक्दा उनको मृत्यु भएको हो । छोरीको मृत्युको खबर पाए पश्चात बिहिबार प्रतिश कार्यक्रमको सुटिङकाे तयारीबाटै सुटिङ रद्द गरेर राजकोट गएका हुन् ।

प्यारका पापडको सेटसँग सम्बन्धित स्रोतले उनकी २ बर्षीय छोरीको मृत्युको पुष्टि गर्दै भने, ‘ बुधबार राती यो दुर्घटना भएको हो । खेलौना खेलिरहेका बेला छोरीले प्लास्टिकको टुक्रा निलिन् जुन उनको घाँटीमा फसेको थियो । त्यसैकारण उनको मृत्यु भयो । खबर पाएलगत्तै उनी बिहिबार बिहान प्लेनमा घर गए । यो निकै दुर्भाग्यपूर्ण कुरा हो । प्रतिशले सबैलाई भारी मनले छोरीको मृत्युको जानकारी दिए र छोरीका लागि प्रार्थना गरिदिन भने । ‘

फेसबुकबाट तपाईको प्रतिक्रिया