खाद्य कम्पनीमा खसीबोका किन्नेको भीड

फाइल फोटो

काठमाडौँ , ६ कार्तिक । खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा खसीबोका किन्ने सर्वसाधारणको भीड लागेपछि कम्पनीले थप एक हजार खसीबोका खरिद गरेको छ ।

दसैंलाई लक्षित गरेर खाद्य कम्पनीले सोमबारबाट खसीबोका बिक्री गर्न सुरु गरेको थियो । कम्पनीले यसपटक एक हजार खसीबोका मात्र बिक्रीका लागि राखेको थियो । तर, एक हजार खसीबोका तीन दिनमै बिक्री भएपछि कम्पनीले थप एक हजार खसीबोका खरिद गरी बिक्री गर्ने निर्णय गरेको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् ।

उनले कम्पनीमा खसीबोका किन्न आउनेको भीड व्यवस्थापन गर्न गाह्रो परेको बताइन् । कम्पनीले केही समय खसीबोका बिक्री गर्न रोकेर टोक्न प्रणालीबाट खसीबोका बिक्री गरेको सुवेदीले बताइन् । उनले बजार मूल्यभन्दा किलोमै करिब एक सय रुपैयाँ सस्तोमा पाइने भएपछि खाद्य कम्पनीमा सर्वसाधारणको भीड लागेको हुनसक्ने बताइन् । आजको राजधानी दैनिकमा खबर छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया