काठमाण्डाै – सरकारले विगत ५ महिनादेखि क्यान्सर रोगीहरुलाई दिँदै आएको एक लाख रुपैयाँ आर्थिक सहायता रोक्का गरिएको खुलासा भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा. पुष्पा चौधरीले बजेटको अभावमा ५ महिनादेखि क्यान्सर रोगीहरुलाई दिइँदै आएको १ लाख रुपैयाँआर्थिक सहायता रोक्का गर्नुपरेको प्रष्टयाउनु भएको छ ।
बजेट अभाबले हाललाई क्यान्सर रोगीहरुको सूचि तयार पार्ने काम पनि स्थगित गरेको सचिव चौधरीले स्पष्ट बताउनु भयो ।
काठमाण्डौमा आयोजित ‘विश्व आँखा क्यान्सर सचेतना सप्ताह’ कार्यक्रममा उहाँले आँखाको क्यान्सर रोगको उपचारको लागि आगामी आर्थिक वर्षको बजेटमा आवश्यक व्यवस्था गर्ने आश्वासन भने देखाउनु भयो।
भिडियो हेरी आफ्नो प्रतिक्रिया दिनुहोस