ओखलढुंगा ,१ असोज ।ओखलढुंगाको रुम्जाटार अस्पतालमा रहेको आईसोलेसनको अवस्था नाजुक रहेको पाईएको छ । हाल ७ जना संक्रमितहरुको उपचार भै रहेको उक्तआईसोलेसनको चर्पिमा पानी नभएको, राती ओढ्ने कपडा ज्यादै पातलो रहेको संक्रमितहरुले प्रयोग गरिरहेका कोठाको झ्यालमा पर्दा समेत नभएकाले समस्या भैरहेको संक्रमितहरुले बताएका छन ।’
संक्रमितहरुका लागी राती सुत्दा ओड्न दिईएको कपडा अत्यन्तै पातलो भएकोले संक्रमितहरुले जाडोमा रात कटाउनु परेको र चिसोका कारणले स्वास्थ्यमा थप समस्या उत्पन्न भएको उपचारका लागी आईसोलेसनमा रहेकाहरुको गुनासो छ ।
आईसोलेसनमा ल्याईएको खाने पानीको लाईनमा बाढिले क्षति पु¥याएको काराणले केहि दिन ओईसोलेसनमा पानीको अभाव भएको र हाल शिद्दिचरण नगरपालिकाको दमकल प्रयोग गरेर आईसोलेसनमा खानेपानीको पुर्ति गरिएको रुम्जाटार अस्पताल ओखलढुंगाका प्रमुख डा . शन्तोष देवले बताए । नेपाल समाचार पत्रमा लिला सुनुवारले लेख्नुभएको समाचार प्रकाशित छ ।