काठमाडौं, साउन १४ । नेपालमा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरस (कोभिड–१९) का दुई सय दश जना नयाँ संक्रमित थपिएका छन् । यसका साथै नेपालमा कोरोनाभाइरसका संक्रमित संख्या १९ हजार २ सय ७३ पुगेको छ ।
चौबीस घण्टामा छ हजार ३७ जनाको स्वाबको नमूना सङ्कलन गरी परीक्षण गरिएकोमा २१० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा। जागेश्वर गौतमले बताउनुभयो ।
त्यसैगरी १४६ जना संक्रमित आज कोरोनामुक्त भई घर फर्केका छन् । हालसम्म १४ हजार २१ जना कोभिड–१९ का बिरामी निको भएर घर फर्केका छन् ।