काठमाडौँ, इपिएस कोरियन भाषा परिक्षाको परिक्षाफ़ल बिहिबार राती सार्वजनिक भएको छ ।
रोजगार अनुमती प्रणाली (इपिएस) मार्फत् जेठ २५ र २६ गते लिइएको परिक्षाको नतिजा इपिएसको वेबसाइटमा प्रकाशित गरिएको छ ।
कोरियन भाषा परीक्षाको निम्ति ९२ हजार ३ सय ५६ जनाले आवेदन दिएका थिए । अघिल्लो बर्षको तुलनामा यस बर्ष इपिएस परिक्षा दिने परिक्षार्थिको संख्या १० हजार भन्दा ज्यादाले बढेको छ ।






