को’भिड–१९ का कारण मृ’त्यु भएका व्यक्तिको श’व व्यवस्थापन स्थलको टु’ङ्गो लागेन

  बागलुङ, १७ असार /  कोभिड–१९ का कारण मृ’त्युवरण गर्ने व्यक्तिको श’व व्यवस्थापनका लागि स्थानीय तहमा ठाउँ टु’ङ्गो लागेको छैन । श’व व्यवस्थापन जिल्लास्तरीय समितिले स्थान पहिचान गरी सोको विवरण पठाउन स्थानीय तहलाई पटकपटक प’त्राचार गरेको छ ।

प्रमुख जिल्ला अधिकारी सं’योजक रहेको उक्त समितिले य’थाशीघ्र श’व व्य’वस्थापन स्थलको खोजी गरी समितिलाई जानकारी गराउन सोमबार पु’नः आ’ग्रह गरेको छ । यसअघि गत जेठ २८ र यही असार ५ गते पनि समितिले सोही अनुरोधसहित प’त्र पठाएको थियो । को’भिड–१९ का का’रण मृ’त्यु भएका व्यक्तिको श’व व्य’वस्थापन गर्न प्रदेशको सामाजिक विकास मन्त्रालयले ल्याएको कार्यविधिमा स्था’न खोज्ने जिम्मा स्थानीय तहलाई दिइएको छ । कार्यविधिमा सं’स्कारअनुसार श’व ज’लाउने या गा’ड्ने हो सोहीअनुसार छुट्टाछुट्टै ठाउँ तोक्नुपर्ने उल्लेख छ ।

प्रजिअ एवं जिल्लास्तरीय समितिका सं’योजक गौ’लोचन सैँजूले स्थानीय तह र वडास्तरमा समेत श’व व्यव’स्थापन समिति गठन गरी तयारी अवस्थामा रहन अनुरोध गरिएको बताउनुभयो । “स्थानीय तहमा श’व व्य’वस्थापन स्थलको खोजी र छनोट गर्ने कार्य भइरहेको छ”, उहाँले भन्नुभयो, “छिट्टै टु’ङ्गो लाग्छ ।”

कतिपय ठाउँमा श’व व्य’वस्थापनलाई लिएर वि’वाद भइरहेकाले उपयुक्त र सबैलाई मान्य हुने स्थान छान्नुपर्ने अवस्था छ । बागलुङ नगरपालिकामा श’व व्य’वस्थापनका लागि स’म्भावित क्षेत्रको अध्ययन र छनोटका लागि कार्यदल बनाइएको छ । सो कार्यदलले उपयुक्त स्थान पहिचान गरी तीन दिनभित्र जिल्लास्तरीय समितिलाई सिफारिस गर्ने जनाइएको छ । बागलुङ नगरपालिका–१ काठेखोला किनार, ४ को चाँदवारीस्थित कालिगण्डकी किनार र १३ को कालाखोला किनारलाई स’म्भावित क्षेत्रका रूपमा हेरिएको छ ।

अन्य स’म्भावित ठाउँको समेत कार्यदलले स्थलगत अध्ययन–अनुगमन गर्नेछ । श’व’ वि’सर्जन स्थल बस्ती, मानिसको जमघट हुने धार्मिक तथा सां’स्कृतिक महत्वका स्थल, खानेपानीको स्रोत आदिबाट टाढा हुनुपर्ने कार्यविधिले तोकेको छ । स’कभर श’वलाई ज’लाउनुपर्ने र गा’ड्नुपर्ने भए पनि चार फिट गहिरो खा’ल्डो ख’नी गा’ड्नुपर्ने उल्लेख छ । अन्तिम सं’स्कारका बेला मृ’तकका आफन्त बढीमा २० जना सहभागी हुन पाइने र एक मिटरको दूरी कायम गरी बस्नुपर्ने व्यवस्था छ ।

श’व व्य’वस्थापनको मुख्य काम भने स्थानीय प्रशासनको सहयोगमा नेपाली सेनाले गर्ने प्रजिअ एवं समितिका सं’योजक सैँजूले बताउनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलको श’व व्य’वस्थापनसम्बन्धी कार्यविधिअनुसार उक्त कार्यमा खट्ने मानवसाधनका लागि सुरक्षा सामग्री उपलब्ध गराउन स्वास्थ्य कार्यालयलाई अनुरोध गरिएको उहाँको भनाइ छ ।

को’भिड–१९ का कारण हालसम्म जिल्लामा कसैले पनि मृ’त्युवरण गर्नु नपरे पनि आइपर्न सक्ने जस्तोसुकै अवस्थाका लागि तयारी हालतमा बस्नुपर्ने समितिको ठहर छ । को’रोना भा’इरस स’ङ्क्रमितको स’ङ्ख्या थपिँदै गए पनि कसैमा पनि ग’म्भीर ल’क्षण छैन । गत चैत १५ मा पहिलोपटक को’रोना स’ङ्क्रमणको घ’टना पु’ष्टि भएकामा जिल्लामा अहिले को’रोना लाग्नेको सङ्ख्या १९४ पुगेको छ । निको हुनेको सङ्ख्या २४ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया