कैलाली तेस्रो पटक डुबनमा, पाँच सय भन्दा बढी परिवार विस्थापित

सरिता चौधरी

कैलाली, साउन १४ । कैलाली जिल्लाकै सबै भन्दा बढी बाढीको डुबानमा पर्ने भजनी नगरपालिका यो वर्ष तेस्रो पटक डुबनमा परेको छ । मङ्गलबार रातिबाट भइरहेको अविरल वर्षाका कारण विभिन्न नदीमा बाढी आउँदा सो स्थान डुबानमा परेको हो ।

नगरपालिकाको वडा नं.६ का सदस्य कमला ज्ञवालीका अनुसार नगरपालिकामामात्रै पाँच सय भन्दा बढी घर डुबानमा परेको छ । उहाँका अनुसार नगरपालिकाका १,२,३,५,६,७ र ८ नम्बर वडाहरुको आधिकांश टोलहरु डुबानमा परेका छन् । घर डुबानमा परी जोखिम बढेपछि घरमा बसेका मान्छेलाई सुरक्षित स्थानमा सारिएको ज्ञवालीले बताउनुभयो ।

वडा नम्बर ६ थापापुर टोलकी स्थानीयवासी दुर्गा चौधरीले घरमा पानी विहान ११ बजे पसेको हालसम्म पानीको बहाब बढ्ने क्रम जारी रहेको बताउनुभयो । त्यसैगरी बाढीका कारणले बौनियाँ–भजनी सडक अवरुद्ध भएको छ भने सायौं विगाहाको धानबाली नष्ट भएको छ ।

त्यसैगरी कैलालीको जोशीपुर गाउँपालिका,टीकापुर लगायतका क्षेत्र डुबानमा परेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया