कैलालीमा सवारी दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ । गएराति टीकापुर नगरपालिकामा वडा नं. ७ मा मोटरसाइकल र डन्लप ठोक्किँदा दुईजनाको मृत्यु भएको हो ।
दुर्घटाना परी टीकापुर नगरपालिका वडा नं. ७ बैदीका ३७ वर्षीय जिवानन्द कोइराला र २८ वर्षीय विष्णु रिमालको मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जानकारी दिएको छ ।
सथै सोहि दुर्घटानामा १८ वर्षीय पवन पाण्डे घाइते भएका छन । घाइते पाण्डको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।