काठमाडौँ, आबुधाबीबाट काठमाडौं आउँदै गरेको इवाइ २९० विमान भियतनामबाट पेरिस जाँदै गरेको एयर फ्रान्सको बोइङ ७७७ जहाजसंग केहि सेकेन्डको अन्तरले झन्डै जुधेन ।
गत शुक्रबारको स्थानिय समय १:४० मा मुम्बाईमा यो दुर्घटना हुनबाट जोगियो । टाइम्स अफ इन्डियाका अनुसार ३१ हजार फिटको उचाइमा उडिरहेको इवाई २९० बिमान र बोइङ ७७७ बिमान बीच तीन नटिकल माईल अर्थात मात्र केहि सेकेण्डको अन्तराल थियो ।
यो दुर्घटना हुन बाट जोगिनुमा दुई पाइलटको सावधानी थियो । पाकिस्थानले आफ्नो आकाशमा अन्तराष्ट्रिय उडानमा प्रतिबन्ध लगाए पछि एयर कन्ट्रोल टावरलाई जहाजहरु सुरक्षित हवाईमार्गमा उडाउन निकै कठिनाइहरु आइ परिरहेका छन् ।