काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बचाउ गरेका छन् । ओलीकै पालामा अमेरिकालाई पत्राचार गरेको खुलासा भएपछि पुनले ओलीको बचाउ गर्दै नेपाली सेनालाई दोष लगाउँदै ओलीको बचाउ गरेका हुन् ।
मदन भण्डारी फाउन्डेसनले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब यस्ता घटना हुन नदिन सरकार र राजनीतिक नेतृत्वलाई सचेत हुन पनि पटकपटक आग्रह गरेका थिए ।
‘एसपीपीको कुरो परराष्ट्र मन्त्रालयमार्फत् आउनुपर्ने हो । सामान्यत: परराष्ट्र मन्त्रालयमार्फत आएर रक्षा हुँदै आवश्यक सुझावका लागि आर्मी हेडक्वार्टरमा पुगेर फेरि कानुन मन्त्रालयको समेत परामर्श लिएर क्याबिनेटबाट निर्णय गरेर परराष्ट्रले सो विषयमा पत्राचार गर्नुपर्थ्यो । तर यी सबै कुरालाई छलेर सेनाले पत्राचार गरेको देखियो । यो गम्भीर कुरा हो । अब यस्तो हुन नदिन सरकार र राजनीतिक नेतृत्व सचेत हुन जरुरी छ,’ नेता पुनले भने ।