कुलमान भाषण गरेर सबैको प्रिय भएका हैनन्: दिनरात, घामपानी, भोकनिद्रा, चाडपर्व केही नभनी खट्ने राष्ट्र सेवक हुन !

कुलमान घिसिङ भाषण गरेर सबैको प्रिय मान्छे भएका हैनन्। दिनरात, घामपानी, भोकनिद्रा, चाडपर्व केही नभनी खेटेर काम गरेर प्राक्टिकल्ली हामी लोडसेडिङमुक्त हुन सकिन्छ भन्ने प्रमाणित गरेर जनताको मुटुमा ढड्किरहेका असल राष्ट्र सेवक हुन्। अँध्यारो युगलाई उज्यालो युगमा बदल्ने एउटा आशाको दियोलाई चौतर्फी घेराबन्दी गरेर निभाउने जुन प्रयत्न भैरहेको छ, त्यसको हामी सबैले डटेर बिरोध गर्नुपर्दछ। ‬

‪सार्वजनिक लेखा समितिमा चर्को भाषण गर्द नेकपा सांसद अमनलाल मोदीले कुलमान घिसिङलाई भ्रष्टचार गरेको कथित आरोप लगाएका छन्। के मोदी अख्तियार हुन्? के मोदी अदालत हुन्? लेखा समितीमा बिजुली माफियाहरुको एजेन्टको रुपमा प्रस्तुत भएका मोदी नै भ्रष्टचारी हुन् भन्ने तथ्य उनको अराजनितीक शैलीबाट नै स्पष्ट हुन्छ।
‪केही समय अगाडी मोदीले मागेको पाँच लाख रुपैयाँ घुस नदिएका कारण कुलमान घिसिङको बिरोध गरेका हुन् भन्ने कुरा बहिर आईसकेको छ। जनताको भावना,रगत,पसिना संग मजाक गर्ने यस्ता पाँच लाखे भ्रष्ट सांसदलाई नेकपाले कारबाही गर्नुपर्दछ। जनताले नियालीरहेका छन्। को देशको पक्षमा छ, को देशको बिरुद्धमा छ त्यो सचेत जनतालाई कुनै माईकालालले सिकाईरहनु पर्दैन‬।

फेसबुकबाट तपाईको प्रतिक्रिया