कुलमान घिसिङलाई अमेरिकामा भव्य रुपमा स्वागत गरिएको छ । अमेरिकाको भ्रमणमा रहेका घिसिङलाई अमेरिकाको वाशिंगटन डिसीमा नेपाली समुदायले भव्य स्वागत गरेका हुन् ।
अमेरिकाको डिसी महानगर क्षेत्रमा स्थापित तामाङ सोसाइटी अफ ग्रेटर वाशिंगटनले आयोजना गरेको कार्यक्रममा घिसिङलाई आयोजक तथा सहभागीहरुले खादा तथा मायाको चिचो प्रदान गर्दै सम्मान गरेका हुन् ।
बिश्व बैंकमा भाग लिन आएका घिसिङको यो दोस्रो अमेरिका भ्रमण हो । अमेरिकामा रहेका नेपालीहरुले घिसिङले ईमान्दारिता ,कार्यकुशलता तथा निष्ठाको कारण सबै नेपालीहरुले गौरवको महशुस गरेको बताएका थिए । समाजका अध्यक्ष उत्तर लामाले नेपाललाई उज्यालो बनाई दिनु भएकोमा धन्यबाद दिएका थिए ।