काठमाडौँ, मंगलबार संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ माथी सत्तारुढ नेकपाका सांसद अमनलाल मोदीले भ्रष्टाचारको आरोप लगाएका छन् ।
मोदीले घिसिङलाई डेडिकेटेड फिडर तथा टंकलाइन उपयोग गर्ने उद्योगी तथा व्यापारीहरुसँग बक्यौता रकम असुली गर्ने नाममा ९ अर्ब बढी भ्रष्टाचार गरेको आरोप लगाएका हुन् ।
उक्त आरोपको जवाफ स्वरुप घिसिङले आफुले भ्रष्टाचार गरेको पुष्टि भए झुण्डिएर मर्ने बताए । मोदीले प्रशं गरेका थिए, ‘ डेडिकेटेड फिडर तथा ट्रंकलाइन उपयोग गर्ने उद्योगी तथा व्यापारीहरुसँग बक्यौता रकम असुली गर्ने नाममा ९ अर्ब बढी भ्रष्टाचार किन गर्नुभयो ? ‘
घिसिङले जंगिदै उत्तर दिए, ‘ सांसद भएँँ भन्दैमा अनावश्यक चार्ज नगर्नुहोला, सबैकुरा छानबिन भएको छ, सम्बन्धित निकायले छानबिन गरेको छ । ‘
केहि दिन अघि मात्र घिसिङको एक भिडियो सामाजिक संजालमा भाइरल भएको थियो जहाँ उनले त्रिशुली थ्री बी हव प्रसारण लाइन आयोजना स्थलमा काम रोकिएपछि थुनिदिन्छु भनेका थिए ।
यसबारे पनि प्रश्न गर्दै मोदीले भने, ‘ यौटा सर्वसाधारणलाई प्रधानमन्त्रीले त थुन्छु भन्न पाउन्न, उहाँ को हो ? ‘
घिसिङले थुनीदिने चेतावनी दिए पश्चात उक्त काम भटाभट शुरु भएको कुरालाई नकार्न सकिँदैन ।
केहि समय अघि उद्योगीले विद्युतको बक्यौता महसुल नतिरेपछि घिसिङले कडा कदम चालेका थिए ।
यसको परिणाम स्वरुप सबैभन्दा बढी बक्यौता रहेका नेपाल उद्योग बाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका घिसिङ विरुद्ध कडा रुपमा प्रस्तुत भएका थिए । साथै सत्तासँग सम्बन्ध रहेका कतिपय सिमेन्ट उद्योगलगायतले पनि बक्यौता रकम तिर्न बाँकी रहेको कुरा प्रष्टै छ ।
तर पनि यस विरुद्ध उत्रिएका घिसिङ माथे सांसदको यस्तो प्रश्नलाई कुन रुपले हेर्ने ? प्रमाण बिना नै यस्तो प्रश्न गरेन सांसदलाई श्रोत भन्छन्, ‘ हातमा कुनै पनि प्रमाण नलिई प्रश्नका नाममा कसैको हुर्मत लिन पाइन्छ ? ‘