जलस्रोत कार्यालयका प्रमुख २ लाख घुस लिँदा लिँदै रंगेहात पक्राउ , सर्वसाधारणले दले कालोमोसो !

काठमाडौं। जलस्रोत तथा सिँचाइ कार्यालय कञ्चनपुरका प्रमुख अजितकुमार श्रीवास्तव २ लाख घुस लिँदा लिँदै पक्राउ परेका छ्न ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले कार्यालय प्रमुख उपसचिव अजितकुमार श्रीवास्तव र इन्जिजियर गृष्मा ठगुन्नालाई पक्राउ गरेको हो ।

उनीहरुलाई सेवाग्राहीबाट नगद दुईलाख रुपैयाँ घुस लिदै गरेको अवस्थामा पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

अख्तियारले नियन्त्रणमा लिइएका उपसचिव श्रीवास्तवलाई उपभोक्ता समितिका केही व्यक्तिहरुले कालोमोसो दल्ने प्रयाससमेत गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया