सबै कार्यक्रम स्थगीत गरि प्रधानमन्त्री ओली बारा जाँदै !

फाइल फोटो

काठमाडौँ,  हिजो आईतबारको आँधीहुरीले बारा, पर्सा लगायतका जिल्लामा निकै धनजनको क्षति भएको जानकारी पाएपछि प्रधानमंत्री के.पी ओली गृह जिल्ला झापाका सबै कार्यक्रम स्थगित गरेर आँधी प्रभावित जिल्ला भ्रमण गर्ने भएका छन् ।

ओली चन्द्रगढीबाट हेलिकप्टर मार्फत् सिधै बारा जिल्ला जान लागेका प्रेस संयोजक चेतन अधिकारीले बताएका छन् । प्रधानमंत्री ओली झापा र मोरङमा आयोजित कार्यक्रममा सहभागी हुन आईतबार काठमाडौँबाट त्यस तर्फ लागेका थिए ।

तर आईतबार आँधीले बारा र पर्सामा ठूलो धनजनको क्षति पुर्याए पछि झापामा सोमबार उनि सहभागी हुन लागेका विभिन्न कार्यक्रम स्थगित गरेर उनि आँधी प्रभावित क्षेत्र तर्फ जाने भएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया