कारले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु, २ घाइते !

काठमाडौँ, बुटवलमा कारको ठक्करबाट १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवलको पाखापानीमा भएको उक्त दुर्घटनामा स्कुटर चालकको मृत्यु भएको छ ।

बिहान करिब ३ बजे लु १ च १५८८ नम्बरको कार र लु ३६ प ४३१४ नम्बरको स्कुटर एक आपसमा ठोक्किँदा स्कुटर चालक सैनामैना नगरपालिका ४ का अन्दाजी २५ वर्षीय अजित सलामी मगर गम्भीर घाइते भएका थिए ।

उपचारको लागी युनिभर्सल मेडिकल कलेज भैरहवा पुर्याइएका उनको उपचारको क्रममा बिहान ५ बजे मृत्यु भएको हो । घाइते हुने स्कुटरमा सवार सैनामैना ४ कै २२ वर्षीय सन्जय पटेल र २६ वर्षीय विक्रम थारु रहेका छन् ।

प्रहरीका अनुसार उनीहरु खतरामुक्त रहेका छन् । इलाका प्रहरी कार्यालय बुटवलले ठक्कर दिने कार र कार चालकलाई नियन्त्रणमा लिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया