काठमाडौँ, केही दिन देखि हामी सामाजिक संजालमा एक तस्विर हेर्दै आएका छौँ । एउटा चार जसमा गोबर पोतिएको छ ।
हेर्दा निकै हाँसो लाग्छ तर यसको कारणले भने हामीलाई एक पटक सोच्न बाध्य बनाउँछ । हाल व्हात्तै बढेको गर्मीबाट जोगिन मानिसहरुले विभिन्न उपाय अपनाई रहँदा भारत अहमदावादकी एक महिलाले एक विचित्र उपाय रोजेकी हुन् ।
तापक्रम ४५ डिग्रीसम्म पुगेपछि सेजल शाह नामकी उक्त महिलाले गर्मीबाट जोगिन आफ्नो कारलाई गोबरले पोतेकी हुन् । यसो गरेपछि एसीबिनै पनि कारलाई शितल राख्न मद्दत पुगेको उनले दाबी समेत गरेकी छिन् ।
उनको एसियन न्युज इन्टरनेशनल (एएनआई) सँगको कुराकानीमा उनले भनेकी छिन्, ‘ गर्मी सहिनसक्नुको छ । मैले मेरो घरको जमिन पनि गाईको गोबरले पोतेकी छु । त्यो अनुभवका आधारमा कारलाई चिसो राख्न गोबर पोतेकी हुँ । ‘