कानुन नसच्याए सम्म आयोगमा ‘भगवान’ आएपनि केही हुन्न : द्वन्द पिडित !

फाइल फोटो

काठमाडौँ,सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता सम्बन्धी आयोगमा नयाँ पदाधिकारी छनोटका लागि सिफारिस समितिले गत चैत्र २५ गते सार्वजनिक जारी सूचना अनुसार ७ दिने म्याद राखेर आवेदन हाल्न सार्वजनिक सूचना जारी गरिएकोमा सो म्याद पुनः १० दिनका लागि थपिएको छ ।

सिफारिस समितिका एक सदस्यका अनुसार विभिन्न क्षेत्रले आवेदन दिने म्याद छोटो भएकोले बढाउन आग्रह गरेका कारण सो म्याद थप गरिएको हो । यस सम्बन्धी सूचना आजको गोरखापत्रमा प्रकाशित छ ।

चैत्र मसान्तबाट पुराना पदाधिकारीहरु विदा भैसकेका हुँदा हाल दुवै आयोग पदाधिकारीविहिन रहेका छन् । सिफारिस समिति सम्बद्ध श्रोतले अनुसार केही व्यक्तिले एक साताको अवधिमा आवेदन हालेको भएपनि पर्याप्त नपरेको बताएका छन् ।

हालको विद्यमान कानुन सर्वोच्च अदालतको आदेश बमोजिम नसच्याएसम्म आयोगमा भगवान ल्याएर राखेपनि केही नहुने द्वन्द्वपीडित सुमन अधिकारीले बताएका छन् ।

उनि भन्छन्, ‘ पुरानै पाराले जाने हो भने अर्को टोलीले जागिर दिने बाहेक द्वन्द्वकालको मुद्दा सल्टिने सम्भावना छैन । ‘

फेसबुकबाट तपाईको प्रतिक्रिया