एजेन्सी, हामी मध्ये कतिपयको बानी राती कानमा हेडफोन लगाएर सुत्ने हुन्छ । यसले कानलाई असर पर्दछ भन्ने बारे त हामी अवगत नै
छौँ तर यसको परिणाम यति समा घातक हुन्छ यो चाहिँ सोचेकै छैनौ होला ।
ताइवानको ताइचुङ्गमा राति ‘हेडफोन’ लगाएर सुतेका एक विद्यार्थी बिहान उठ्दा अचानक कान नसुन्ने भएका छन् । त्यस्तो भए पछि उक्त विद्यार्थीलाई ताइवान एसिया युनिभर्सिटी अस्पतालमा उपचार भइरहेको डेली मेलले बताएको छ । डाक्टरहरुको अनुसार उनको एक कानबाट हेडफोन राति निस्किएको हुँदा एउटा कानमा चाहिँ केहि असर नपरेको हो ।
कानमा समस्या हुने हुँदा सुत्ने समय हेडफोन प्रयोग नगर्न ओटोराइनोलानेन्जोलोजी विभागका डा. तियान हुईजी सुझाव दिएका छन् । उनको अनुसार रातको समयमा शरीरमा रक्तचाप न्यून हुने भएको कारण कान र टाउको सम्मको रगत प्रवाह न्युन हुने भएकोले दिनमा भन्दा रातको समयमा हेडफोनको प्रयोग निकै खतरनाक हुने बताएका छन् ।
न्युयोर्क युनिभर्सिटीको एक अध्ययन अनुसार अत्याधिक हेडफोन प्रयोग गर्ने ५ मध्य १ को सुन्ने क्षमतामा कमि आउने बुझिएको छ ।