पब्लिक आवाज/जगदिश गिरी
मलाइ लाग्छ दाईभाई र दिदीबहिनी बराबरको सम्बन्ध सायदै अरु होला । हुन त सबै सम्बन्धका आ–आफ्नै मूल्यमान्यता होलान् तर सुरुमै भने झै मलाई लाग्छ , परिवारमा सबै भन्दा आत्मीयता दिदीबहिनी र दाजुभाईको सम्बन्धमा हुन्छ । जिबनमै पहिलो साथीको नाता पनि यसै सम्बन्धमा त हुन्छनी । भलै पछि गएर यो सम्बन्ध पनि धेरै हद सम्म भाडिन्छ कुडिन्छ । कति जना बहिनी नै दिदीको लोग्ने संग गएर दिदीको सपनाको संसार तहसनहस गरेको तितोसत्य छ । भने, सम्पत्तीको लागि दाईभाई बिच हत्याहिंसा भएको खबर नचाहदा नचाहदै पनि सुन्नु पर्छ देख्नु पर्छ ।
आज म यस विषयमा लेख्न गइरहेको छैन् । उठान गर्ने विषय हो काठमाडौंको नयाँ बसपार्कमा भेटिएका दुइ थरी बहिनीको । सुदुरपश्चिम बाट भर्खरभर्खर राजधानी झरेको ‘म’ काठमाडौंलाई सबै जना सपनाको संसार भन्थे ,मलाई त धुलोको संसार लाग्यो तर पनि रमाईनै रहेको थिए । सायद आफ्नो देशको माटो मिसिएको धुलो थियो । तराई बाट दाई काठमाडौं आउने भए पछि मलाई राति नयाँ बसपार्क बस्नु पर्छ है भन्नु भयो र गए पनि । घर बाट अघिल्लो दिन ४ बजे हिडेको मान्छे दोस्रो दिन साझ ६ बजे सम्म नौबिसेको जाममा परे पछि केहि समय अझै लाग्ने भएकाले होटलको रुम बाट नयाँ बसपार्कको आकाशे पुलमा गएँ र टुलु–टुलु हेरेर बसेको थिए त्यहाको रौनक ।
उनले नजिक आएर सोधिन जाने हो दाई । म ट्वाँ परे सोधे कता जाने ? उनले उत्तरसहितको प्रश्न पुनः त्येर्साइन ह्या ल्याङ नगर्नुन् दाई ५ हजार मात्रै हो । म झन रण्नभुल्लमा परे ।
चारै तिर उज्यालो सडकमा जुनकिरी झै सवारीसाधनहरु आफ्नै सुरमा गुड्दै थिए । तलपट्टी सिठ्ठी पूmक्दै हात हल्लाउदै यात्रुलाई गन्तव्यमा पुर्याउन सहयोग गरिराख्नु भएको एक जना ट्राफिक दाई । आँहा सच्चिकै रमाइरहेको थिए म । तर आकाशे पुलमा कोही कोही हत्तारीदै पाताल नै नहेरी टिप्पर झै घुइकीएका मान्छहरु ठोकिन्थे उभिरहेको ‘म’ संग । आकाशे पुलमा पनि मान्छेको चाप बढ्दै गइरहेको थियो । समान बेच्नहरु पनि थिए ‘महिला पुरुष बराबरी’ ,यहाँ निर लाग्यो महिला पुरुष बराबर भन्ने नाराले सार्थकता पाएको ।
‘म’ उभिरहेको थिए दाईको बाटो हेदै । अघि बाट एकटहले हेरीरहेकी एक युवती अलिकती मुस्कुराईन म अक्क न बक्क भए । मैले ति युवतीलाई कहिले देखेको थिइन , मेरो मानसपटलले भ्याए सम्म ठम्याउने प्रयास गरे जुन विफल भयो । फेरि हाम्रो तीर चिनेको मान्छे मात्रै यसरी भेटहुँदा मुस्कुराउँथे । म अचम्मित भइरहेको थिए । उनि नजिक आइन् मेरो मुटुको धड्कन बढेर आयो केटी संग बोल्न लजाउने म । उनले नजिक आएर सोधिन जाने हो दाई । म ट्वाँ परे सोधे कता जाने ? ।उनले उत्तरसहितको प्रश्न पुनः त्येर्साइन ह्या ल्याङ नगर्नुन् दाई ५ हजार मात्रै हो । म झन रनभुल्लमा परे । भुलभुलैयाको संसार बाट उम्किन नपाउदै उनले फेरि भनिन् “होल नाईट यो भन्दा सस्तो पाइदैन्” ।
गाँउमा हुँदा बहिनीहरुले जाउ भनेको नसुनेको हैन् तर की त कतै घुम्न गएको बेला साझ हुँदा घर जाँउ भन्थे , कि त स्कुल जाउँ भन्थे एक पटक त तल्लो घरे बहिनीले छिमेकीको काक्रो चोर्न जाउँ भनेको सम्म सुनेको
लेखक – जगदिश गिरी
सुनेको थिए काठमाडौंमा यस्तो हुन्छ तर स्वर्गको बारेमा सुन्नु र जानुको फरक बुझे । अनि सोधे ५ हजार तपाइले मलाई किन दिने ? उनी झोक्किएर बोलिन कस्तो आँपे होला ? नाटक नगर्नु आज एउटा नी ग्राहक भटेको छैन् । जाउँन दाई बरु पैसा मिलाउछु अलि । प्रहरीको डर हुन्न एकदम सेभ ठाउँ हो । केहि नसोधेको मलाई उनले आफै सबै कुरा बताइन । गाँउमा हुँदा बहिनीहरुले जाउ भनेको नसुनेको हैन् तर की त कतै घुम्न गएको बेला साझ हुँदा घर जाँउ भन्थे , कि त स्कुल जाउँ भन्थे एक पटक त तल्लो घरे बहिनीले छिमेकीको काक्रो चोर्न जाउँ भनेको सम्म सुनेको बिचार म यी आकाशे बहिनीको ताल देखेर आफै बेताल भइसकेको थिए । अनि सोचे काठमाडौं भन्या भन्या काठमाडौं हो । यहाँ जे पनि हुन्छ दाईको नाता लागाएर यौन व्यवसाय समेत । साच्चिकै भन्ने हो भने काठमाडौंका पाँच हजार वाला बहिनीले सबै भन्दा पवित्र नाता सम्बन्धको बलात्कार गरेका छन् ।
पुलमै उभिएको थिए , उनले म जाने छाँटकाँट नदेखेर होला अर्को आउँनेलाई लाई सोधेर पल्लो कुना तिर लागिन् , सायद कुरा मिलेछ क्यारे एकै छिनमा गुमनाम भए त्यो जोडी । रनभुल्लमा परिरहेको थिए । पछाडीबाट आर्को आवाज आयो “लाने हो दाई” ? म झन् चकित भए अघि “जाने हो दाई”ले सातो खाई यो को हो फेरि जस्लाई लानु पर्ने भो । फेरि आवाज आयो दाई लानुन् के जम्म सय मात्र त हो । म झसंङ्ग भए १०० रुप्यामा फर्केर हेँरे हात भरी एयरफोन बोकेकी त्यस्तै १७ / १८ वर्षे युवती । यस्तो चिसोमा हात भरि एयरफोन बोकेकी ती युवती देख्दा साच्चिकै मनमनै उनलाई सलाम गरे । मन त थियो चिच्चाएर सलाम छ बहिनी तिमीलाई भन्न ,सुरुमा भेटेकी ‘जाने हो दाई’को कानको जाली फुट्ने गरि । रहरले त ति बहिनी पनि आइनन् होला यस्तो चिसोमा एयरफोन बेच्न , बध्यता सबैको हुन्छ विकल्प खोज्नु पर्छ । शरीर बेच्नु मात्रै समस्याको समाधान हुदैन् भन्ने कुराको गतिलो पाठ सिकाइ हुन यी बहिनी । प्रहरी आयो भागौ भागौ भन्दै छेउमा समान बेच्दै गरेका दाई कराउनु भयो , ती बहिनी पनि हतारिन मलाई अत्तिएर भनिन् लाने भए ९० दिनु , लानु दाई । म संग थियो १ वर्ष पहिला किनेको एयरफोन र पनि किने १०० दिए । बहिनी परेन भन्दै फिर्ता दिन लागेको १० रुपयाँ नलिएरै हिँडे ।