काठमाडौँ / काठमाडौँमा ठुलो भूकम्पको धक्का महसुस भएको छ ।काठमाडौँ वरिपरी केन्द्रबिन्दु भएर भूकम्प गएको प्ररम्विक अनुमान गर्न सकिन्छ ।
आइतबार बिहान करिब ८ बजेर १४ मिनेट जाँदा काठमाडौं र आसपासका जिल्लाहरुमा भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्पका कारण काठमाडौं र आसपासका मानिसहरु घरबाहिर निस्किएका छन् । भुकुम्प मापन केन्द्रको बाकी विवरण आउन बाकी छ ।
यो पनि पढ़ुहोस सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर गएको भूकम्पको धक्का काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा पनि महशुस भएको थियो ।
भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् भरतप्रसाद कोइरालाका अनुसार सामान्यतया भूकम्प भनेको पृथ्वी हल्लिनु हो। पृथ्वी जुनसुकै कारणले हल्लिएको भए पनि त्यो भूकम्प हो।
भूकम्प चार किसिमले जान्छ। पहिलोमा टेक्टोनिक प्लेटको चालको कारण, दोस्रो ज्वालामुखी विष्फोटका कारण, तेस्रो कोल्याप्स भूकम्पका कारण र चौथो भनेको आणविक परिक्षणका कारण जान्छ।
पृथ्वीमा सात वटा मूख्य प्लेटहरु हुन्छन्। ती सात वटै प्लेटहरुसँगै हिडिरहेका हुन्छन्। जब ति प्लेटहरु एकआपसमा ठोक्किन्छन् अनि पृथ्वीमा भूकम्प जान्छ। दुई वटा प्लेटहरु जुन ठाउँमा ठोक्किन पुग्छन्, त्यो ठाउँमा सबैभन्दा ठूलो भूकम्प जाने गर्छ। यो तीन किसिमले हुन्छ, कोइरालाले भने।
कोइरालेले भने ‘पृथ्वीको सतह भन्दा ३० किलो मिटर माथिबाट आउने स्यालो, ३० देखि ७० किलो मिटरसम्मको मिडियम र ३० देखि ३ सय किलो मिटरसम्मको डिप हो। पृथ्वीमा भूकम्प जाँदा बढि क्षति गर्ने भनेको यही ३० किलोमिटरको स्यालो भूकम्प हो।’
उनका अनुसार भूकम्प जति माथिबाट गयो त्यसले झन धेरै असर गर्छ। २०७२ वैशाख १२ गतेको भूकम्प यही स्यालो भूकम्प हो। भूकम्प जहिले पनि दुई वटा वेभ मार्फत जान्छ। पहिलो बडि वेभ र दोस्रो सर्फिस वेभ हो।
बढि वेभमा प्राइमरी र सेकेन्डरी र सर्फिस वेभमा रेली र लव भन्ने फरक फरक प्रकारका वेभहरु हुन्छन्। विभिन्न सिद्धान्तका अनुसार भूकम्प होरिजोन्टल र भर्टिकल वेभबाट जान्छ। तर कहिलेकाहीं यी दुवै वेभबाट जाने गर्छ। यसरी गयो भने यसले पृथ्वीमा ठूलो असर पुर्याउँछ।