काठमाडौँ उपत्यकामा आउजाउ बढ्यो, कोरोना गाउँगाउँ पुग्ने डर

काठमाडौं, २० असोज । दशैँको पूर्वसन्ध्यामा काठमाडौँबाट उपत्यका छिर्ने र उपत्यकाबाट बाहिरिनेको सङ्ख्या वृद्धि हुन थालेको छ । उपत्यका छिर्ने नाकाहरुबाट दैनिक चार हजार ८०० देखि पाँच हजारसम्म सवारी साधनहरु भित्रने गरेका छन् ।

सोही सङ्ख्यामा दैनिक रुपमा सवारी साधनहरु बाहिरिने क्रम छ । विगतका वर्षहरुमा दशैंँ आउनुभन्दा १५ दिनअघिदेखि नै ५० हजारदेखि ६० हजारसम्म दैनिक रुपमा उपत्यका छाड्ने गरेका थिए । तर यो वर्ष दैनिक १६ हजारदेखि १८ हजारसम्मले उपत्यका छाडिरहेका छन् ।

अहिले दैनिक चार हजार ८०० सम्म उपत्यकामा सवारी साधन प्रवेश गरेका छन् भने सोही सङ्ख्यामा उपत्यका बाहिरिने पनि छन् । अघिल्ला वर्षहरुमा यही समयमा दैनिक ६० हजार मानिस उपत्यका भित्रने र ६० हजार बाहिरिने गरेका थिए । गोरखापत्र दैनिकमा समाचार प्रकाशित छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया