काठमाडौँ आउँदै नेहा कक्कर, दुई दिन दिनेछिन् प्रस्तुति !

फाइल फोटो

काठमाडौँ, भारतीय बलिउड क्षेत्रकी चर्चित गायिका तथा अदाकारा नेहा कक्कर काठमाडौँ आउँदै छिन् । उनले काठमाडौँ आएर दुई स्थानमा प्रस्तुति दिने भएकी छिन् ।

पारामाउन्ट इन्टरटेन्मेन्टको आयोजनामा हुन गइरहेको कार्यक्रममा नेहाले काठमाडौंका दुई स्थानमा आफ्नो प्रस्तुती दिने भएकी हुन् । नेहाले चैत २७ गते काठमाडौंको गैरीधारास्थित लस एस्कोबारमा लाइभ प्रस्तुती दिँदैछिन् भने २८ गते ठमेलस्थित लर्ड अफ द डिङ्क्स (एलओडी) मा प्रस्तुती दिँदैछिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया