काठमाडौँ, काठमाडौँ महानगरपालिकाले आज मंगलबारबाट इटालियन ब्रुमको माध्यमबाट सडक सफा गर्ने भएको छ । महानगरका प्रवक्ता ईश्वरमान डंगोलका अनुसार राष्ट्रिय सभागृहमा औपचारिक कार्यक्रम गरेर नै ब्रुमर संचालनमा ल्याउन लागिएको हो ।
११ करोड ८०लाखमा इटलीबाट खरिद गरिएका ५ ब्रुमर सडक सफाईमा लगाएपछि करिब ८० प्रतिशत धुलो कम हुने महानगरको अनुमान छ । उक्त ब्रुमर फाल्गुनको अन्तिम साता मै नेपालमा भित्रिइसकेका थिए ।
महानगरका अनुसार सुन्धारा, टुँडीखेलआसपास, थापाथली, बानेश्वर, तीनकुने, एयरपोर्ट, पुतलीसडक, सिंहदरबार, हात्तीसार, दरबारमार्ग, कलंकी, बल्खु, कालीमाटी, टेकु,, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, त्रिपुरेश्वर, ज्ञानेश्वर, मैतिदेवी, पुरानो बानेश्वर,सीनामंगललगायतका स्थानमा ब्रुमर सञ्चालन हुनेछन् ।