कांग्रेस सांसदको नाराबाजी पछि ,प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं, असार ३ ।  प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले नाराबाजी पछि  । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने  बैठक बुधबारसम्मका लागि स्थगित भएको छ ।

प्रमुख प्रतिपक्षी दलको नेतालाई पहिला बोल्न दिनुपर्ने माग गर्दै कांग्रेसका सांसदहरुले नारावाजी गरेका हुन् ।

नाराबाजीका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकलाई सम्बोधन गर्न सकेनन् ।

बैठकलाई सम्बोधन गर्नका लागि रोष्टममा पुगेका प्रधानमन्त्री ओलीले प्रतिपक्षी दलका सांसदहरुको नाराबाजीका कारण सम्बोधन गर्न पाएनन् ।

सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीको सम्बोधनपछि प्रमुख प्रतिपक्षी दलका नेतालाई बोल्नका लागि समय दिने आश्वासन दिए पनि कांग्रेस सांसदहरु बैठक कक्षको अगाडि पुगेर नाराबाजीमा उत्रिएका हुन् ।

सभामुख महराले पटक पटक बस्न आग्रह गर्दा पनि कांग्रेस सांसदहरुले नाराबाजी जारी राखेपछि बैठक स्थगित गरिएको हो ।

बैठकअघि पनि महराले सत्तारुढ र प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतकसँग बैठकको कार्यसूचीका बारेमा छलफल गरेका थिए । छलफल निश्कर्षमा पुग्न नसके पनि उनले बैठक आरम्भ गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया