मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आज तपाइँको मन निकै चन्चल रहनेछ जस कारण तपाइँलाई निर्णय लिनमा निकै कठिन हुनेछ । यस कारण तपाइँ कुनै पनि महत्वपुर्ण काम पुरा गर्न सक्नु हुने छैन । प्रतिस्पर्धीहरुको सामना गर्नु पर्नेछ तर नयाँ कार्य गर्ने प्रेरणा मिल्नेछ । कुनै वौद्धिक या तार्किक चर्चामा भाग लिने अवसर मिल्नेछ । छोटो यात्राको सम्भावना रहेको छ । स्त्री वर्गले आफ्नो वाणीमा नियनत्रण राख्नु पर्नेछ । साहित्य लेखनको लागी निकै राम्रो दिन छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आज कुनै पनि कार्य गर्दा स्थिर भएर गर्नु उचित हुन्छ । यस्तो नगर्दा राम्रो अवसर पनि हातबाट फुत्कन सक्ने सम्भावना छ । आज जिद्दी गर्नुको साटो समाधानकारी रहनु राम्रो हुन्छ । यात्राको आयोजना सफल हुँदैन । भाई-वन्धुबाट प्रेम र सहयोग मिल्नेछ । कलाकार, कारिगर र लेखकहरुलाई आफ्नो प्रतिभा दर्शाउने अवसर मिल्नेछ । स्वास्थ्य राम्रो रहनेछ । प्रतिस्पर्धीहरुलाई परास्त गर्न सक्नु हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
तपाइँको आजको दिन आर्थिक दृस्टीले निकै लाभदायक रहनेछ । शारीरिक र मानसिक रुपले तपाइँ ताजा र प्रशन्न अनुभव गर्नु हुनेछ । स्वादिस्ट भोजन र राम्रो कपडा लगाउने अवसर मिल्नेछ । मित्रजन तथा परिवारजनको साथ तपाइँको आजको दिन आनन्दपूर्वक बित्नेछ । उनीहरुको तर्फबाट तपाइँलाई उपहार मिल्न सक्दछ । आर्थिक लाभ हुनेछ । आफ्नो मनमा नकारात्मक विचारलाई आउन नदिनु नै उचित रहनेछ । तपाइँको दाम्पत्य जीवन राम्रो रहनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
आज तपाइँको मनमा खिन्नता र भयको अनुभव रहनेछ । परिवारमा मतभेद हुने कारण पारिवारिक वातावरण तनावपूर्ण रहनेछ । मनमा द्विविधा आउने कारण मानसिक रुपले विचल्लित हुने देखिन्छ । बाणीमा संयम नराख्दा मतभेद हुने सम्भावना रहेको छ । आफ्नो स्वास्थ्यको ध्यान राख्नु होला । आज अत्याधिक खर्च हुनेछ । मानहानी हुने सम्भावना रहेकोले सावधान रहनु होला । गलत बुझाईबाट टाढा रहे मानसिक रुपले शान्त रहन सक्नु हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज व्यापारमा लाभ र आयमा वृद्धि हुनेछ । उत्तम भोजन प्राप्त हुनेछ । मित्रको साथ रमणीय स्ठानमा जाने सम्भावना छ । स्त्री मित्र आज विशेष सहायक बन्नेछन् । पुत्र भेटको अवसर मिल्नेछ । आफु भन्दा ठुलाको सहयोग मिल्नेछ । शुभ प्रसङ्ग हुने सम्भावना रहेको छ । वैवाहिक जीवन राम्रो रही पत्नीको सहयोग मिल्नेछ । नयाँ वस्तु किन्नको लागी आजको दिन निअकि राम्रो रहेको छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ काम गर्ने योजना पूरा हुनेछ । व्यापारी र नोकरी पेशा गर्नेको लागी आजको दिन लाभदायक रहेको छ । उच्च पदाधिकारीहरुको कृपादृस्टी रहने हुँदा पदोन्नतिको अवसर मिल्नेछ । पिताको तर्फबाट लाभ हुनेछ । स्वास्थ्य राम्रो रहनेछ । पारिवारिक वातावरण सुखदायक रहनुको साथ साथै पत्नीको साथ राम्रो समय बित्नेछ । व्यवसायिक कार्यले बाहिर जाने सम्भावना रहेको छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ कामको शुरुवात गर्न अनुकुल समय छ । वौद्धिक कार्य र साहित्य लेखनमा सक्रिय रहनु हुनेछ । तिर्थ यात्राको अवसर मिल्नेछ । सहकर्मीको सहयोग मिल्ने छैन । सन्तानको चिन्ताले सताउनेछ । कुनै पनि चर्चा र वादविवादमा नफस्नु नै उचित हुने देखिन्छ । र
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु )
आफ्नो स्वास्थ्यको विशेष ध्यान राख्नु होला । कफ, स्वास-प्रस्वास र पेटको समस्याले सताउनेछ । आज तपाइँ शारीरिक र मानसिक रुपले अस्वस्थ्य रहनु हुनेछ । क्रोधमा नियनत्रण राख्नु होला । कुनै पनि अनैतिक र सरकार विरोधी कामबटा टाढा रहनु होला अन्यथा तपाइँ समस्यामा पर्न सक्नु हुनेछ । पानीबाट टाढा रहनु होला । अधिक खर्च हुने दिन छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
तपाइँको आजको दिन सुख, शान्ति र आनन्दमा व्यतित हुनेछ । मित्रको साथ राम्रो दिन बित्नेछ । स्वादिस्ट भोजन तथा नयाँ कपडा प्राप्त हुनेछ । विपरित लिंगीय व्यक्तिको तर्फा आकर्षण बढ्नेछ र उनीहरुको साथको भेटघाट रोमाञ्चक रहनेछ । तपाइँको विचार आज स्थिर रहने छैन । भागीदारीमा लाभ हुनेछ । सार्वजनिक जीवनमा मान-सम्मान मिल्नेछ । उत्तम वैवाहिक सुख प्राप्ति हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आज तपाइँको स्वास्थ्य अनुकुल रहनेछ । यश, किर्तिको सतह साथै आनन्द प्राप्तिको योग रहेको छ । परिवारजनको साथ आनन्दपूर्वक समय व्यतित हुनेछ । व्यापारको विकाशको लागी आजको दिन फलदायक साबित हुनेछ । धन लाभको योग रहेको छ । सहकर्मीको सहयोग मिल्नेछ । प्रतिस्पर्धीलाई सजिलै पराजित गर्न सकिनेछ । आज कानुनि मामलामा नपर्नु नै उचित हुने देखिन्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
वैचारिक रुपले चिन्तित रहनु हुने हुँदा कुनै पनि निर्णय लिनु उचित नहोला । यात्रा-प्रवासमा समस्या आउने देखिन्छ । निर्धारित कार्य पुरा नहुने हुँदा तपाइँमा निराशा छाउनेछ । मन अशान्त रहनेछ । पेटको समस्याले सताउनेछ । सन्तानको स्वास्थ्य र पढाईको सम्बन्धमा चिन्ता रहनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
आजको दिन तपाइँमा ताजापन र स्फूर्तिको अभाव रहनेछ । सम्बन्धि तथा मित्रजनको साथ वाद-विवाद हुनेछ । निकै समस्या तथा विरोधी परिस्थितिको कारण तपाइँको शारीरिक र मानसिक स्वास्थ्य खराब रहनेछ । कुनै पनि प्रकारको दस्तावेजमा सावधानी अपनाउनु होला । यस्तो परिस्थिति उत्पन्न हुन सक्छ जुन तपाइँको मान हानीको कारण बन्न सक्दछ । स्त्री तथा पानीबगता सावधान रहनु होला ।