कस्तो रहला त तपाइँको आजको दिन, हेर्नुहोस् आज वि.सं. २०७६ असोज ११ गते शनिबारको राशिफल !

वि.सं. २०७६ असोज ११,शनिबार, इ.स. २०१९ सेप्टेम्बर २८, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, शरद ऋतु, ने.सं. ११३९ ञलगा, आश्विन कृष्णपक्ष, औंसी, २४:२२ उप्रान्त प्रतिपदा, नक्षत्र– उत्तरफाल्गुनी, २३:३१ बजेउप्रान्त हस्त, योग– शुक्ल, २२:२८ बजेउप्रान्त ब्रह्म, करण– चतुष्पद, १३:३४ बजेदेखि नाग, २४:२२ बजेउप्रान्त किंस्तुघ्न,आनन्दादिमा उत्पात योग, चन्द्रराशि– सिंह, ६:३६ बजेउप्रान्त कन्या,सूर्योदय– ५:५५ बजे, सूर्यास्त– १७:५२ बजे र दिनमान २९ घडी ३ पला। दर्श-श्राद्ध। औंसी श्राद्ध। पितृ विसर्जन, सोह्रश्राद्ध समाप्ति। हलो तथा निशि बार्ने औंसी।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

व्यवसायिक क्षेत्रमा शिर्ष अधिकारीहरुको साथ आवश्यक विषयमा चर्चा हुनेछ । कुनै परियोजनाको सरकारी लाभ प्राप्त हुने सम्भावना छ । कार्यालय संग जोडिएका कार्यको लागी प्रवास हुन सक्दछ । परिवारमा आनन्दको वातावरण छाउनेछ । कार्यभारको कारण शिथिलताको अनुभव हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आजको दिन मिश्र फलदायी रहनेछ । व्यापारमा नयाँ कार्यको प्रारम्भ गर्नुका साथै भविष्यको लागी योजना बनाउन सक्नु हुनेछ । विदेशगमनको सम्भावना छ । स्वास्थ्यको ख्याल राख्नु होला । अधिक कार्यभार रहेनछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

क्रोधको भावनाले तपाइँलाई नै हानी पुर्याउन सक्दछ । बदनामी नहोस् यसको पूर्ण ख्याल राख्नु होला । कम बोल्दा वादविवाद या मनमुटावबाट टाढा रहन सक्नु हुनेछ । खर्चको मात्रा बढ्नेछ । स्वास्थ्य खराब रहनेछ । मानसिक रुपले निराश रहनु हुनेछ । मन्त्र जप र पूजा भक्तिले मन शान्त रहनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

संवेदनशीलता र प्रेम भावनाले भरिएको मन आज विपरित लिंगीय व्यक्ति प्रति निकै आकर्षित हुनेछ । वैभवी मौज-शौकको वस्तु, नयाँ वस्त्राभूषण तथा वाहनको किनमेल हुनेछ । उत्तम दांपत्यजीवनको अनुभव हुनेछ । व्यापारमा लाभ हुनेछ । भागीदारी लाभदायक साबित हुनेछन् । प्रणयमा सफलता मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

निराषता र सन्देहको भावनाले मन बेचेन गराउनेछ । दैनिक कार्य बिलम्ब पुरा हुनेछ । अधिक परिश्रमको कम सफलता मिल्नेछ । मित्रबाट कम सफलता मिल्नेछ । मामाघर पक्षबाट चिन्ताजनक समाचार आउनेछ । शत्रु संग टक्कर लिनु पर्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आजको दिन चिन्ता र निराषताले परिपूर्ण रहनेछ । पेटको गडबडीले स्वास्थ्यमा खराबी आउनेछ । विद्यार्थीको पढाईमा अवरोध आउनेछ । अचानक धन खर्च हुनेछ । बौद्धिक चर्चा र सम्झौतामा असफलता मिल्नेछ । प्रिय व्यक्तिको साथ मिलाप हुनेछ । अत्यधिक कामुकताको कारण विपरित लिंगीय व्यक्ति प्रति आकर्षण हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

मानसिक रुपमा स्वास्थ रहनु हुनेछ । माता र स्त्रीवार्ग सम्बन्धित चिन्ताले सताउनेछ । यात्रालाई स्तगित गर्नु होला । समयमा भोजन र पर्याप्त निन्द्रा नपुग्नुको कारण शरीरमा स्वस्थताको अनुभव हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु )

आज तपाइँको लागी लाभदायी दिन छ । आर्थिक लाभको साथ साथ भाग्यमा लाभ हुनेछ । आज विद्यार्थीको लागी निकै कठिन समय छ । सन्तानको विषयमा चिन्ता बढ्नेछ । शेयरमा सम्हालिएर चल्नु होला । मनमा खिन्नताको अनुभव हुनेछ । बौद्धिक चर्चामा भाग नलिनु नै उचित हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

विदेशमा रहेका स्नेहीजन र मित्रको समाचारले आनन्द प्रदान गर्नेछ । विदेश जान इच्छुक व्यक्तिको लागी राम्रो अवसर छ । लामो प्रवासको आयोजन हुन सक्दछ । धार्मिक स्थलको यात्राले मन प्रफुल्लित राख्नेछ । कार्यालय या व्यापार स्थलमा अधिक कार्यभार रहनेछ । आर्थिक लाभको सम्भावना छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

शारीरिक रुपमा शिथिलता र मानसिक रुपमा व्यग्रताको अनुभव हुनेछ । माताको विषयमा चिन्ता रहनेछ । सम्भवत प्रवासलाई स्थगित गर्नु होला । पारिवारिक वातावरणमा कलह हुन सक्दछ । सामाजिकरुपबाट अपमानित होइएला यसको ध्यान राख्नु होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

प्रातःकालको प्रारम्भ इश्वर स्मरणको साथ गर्दा मन प्रफुल्लित रहनेछ । धार्मिक रुपले पूजन विधि गर्न सक्नु हुनेछ । पारिवारिक वातावरण मंगलमय रहनेछ । मित्र तथा स्नेहीजनबाट उपहार प्राप्त हुनेछ । तपाइँको कार्यबाट शिर्ष अधिकारीहरु सतुष्ट हुनेछन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि )

मन द्विविधामा फस्नेछ । पारिवारिक वातावरण क्लेशपूर्ण रहनेछ । निर्धारित कार्य पुरा गर्न नसक्दा मनमा निराषता रहनेछ । आज कुनै महत्वपूर्ण निर्णय नलिनु नै उचित हुनेछ । घर या व्यवसायमा अधिक कार्यभार रहनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया