वि.सं. २०७६ असोज ७, मंगलबार, इ.स. २०१९ सेप्टेम्बर २४, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, शरद ऋतु, ने.सं. ११३९ ञलगा, आश्विन कृष्णपक्ष, दशमी, ११:४३ उप्रान्त एकादशी, नक्षत्र– पुनर्वशु, ६:५१ बजेदेखि तिष्य, २९:४० बजेउप्रान्त अश्लेषा, योग– परिघ, १३:२० बजेउप्रान्त शिव, करण– भद्रा, ११:४३ बजेदेखि वव, २२:४६ बजेउप्रान्त वालव,आनन्दादिमा स्थिर योग, चन्द्रराशि– कर्कट,सूर्योदय– ५:५३ बजे, सूर्यास्त– १७:५७ बजे र दिनमान ३० घडी ० पला। एकादशी श्राद्ध। २९:४० बजेपछि सर्वार्थसिद्धि योग।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
तपाइँको आजको दिन आर्थिक एवम् व्यावसायिक दृष्टिकोणले लाभदायी रहनेछ । धन लाभको साथै लामो समयको लागी धन आयोजन पनि गर्न सक्नु हुनेछ । व्यापार विस्तारको योजना बन्नेछ । शरीर एवम् मन देखि नै ताजापनको अनुभव गर्नु हुनेछ । मित्र तथा स्वजनको साथ आनन्द-प्रमोदमा दिन बित्नेछ । छोटो यात्रा या प्रवासको सम्भावना छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आफ्नो वाणीले अरुलाई मन्त्रमुग्ध बनाई लाभ लिन सक्नु हुनेछ । वैचारिक समृद्धिमा वृद्धि हुनुका साथै मन प्रफुल्लित रहनेछ । कुनै शुभ कार्यको लागी प्रेरित हुनु हुनेछ । मेहेनत अपेक्षित परिणाम नमिले पनि दृढतापूर्वक अघि बढ्न सक्नु हुनेछ । धनको व्यवस्थित योजना बनाउनको निम्ति अनुकुल दिन छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मनमा अनेकौँ खालका विचारहरुको तरङ्ग उठ्नेछन् । त्यहि विचारमा हराउनु हुनेछ । बौद्धिक कार्यमा जोडिने हुँदा वादविवादमा नउत्रिनु नै तपाइँको लागी उचित हुनेछ । आज तपाइँ केहि संवेदनशील रहनु हुनेछ । विशेष गरि माता एवम् स्त्री सम्बंधित विषयमा अधिक भावुक रहनु हुनेछ । सकेसम्म प्रवासलाई स्थगित गर्नु होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
आजको दिन शुभ रहनेछ । नयाँ कार्य प्रारम्भको लागी पनि शुभ दिन रहेको छ । मित्र एवम् स्वजनको साथ भेट हुनेछ । प्रियजनबाट सुख एवम् आनंद प्राप्ति हुनेछ । मित्र तथा परिवारजनको साथ पर्यटनको योजना बन्नेछ । मनमा प्रशन्नता छाई रहनेछ । आज गरिएका कार्यमा सफलता प्राप्त हुने योग छ । नोकरी या व्यापरमा प्रतिस्पर्धी माथी विजय प्राप्त हुनेछ । आर्थिक लाभ हुनेछ । सामाजिक मान एवम् प्रतिष्ठामा वृद्धि हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आजको दिन मध्यम फलदायी रहनेछ । आर्थिक रूप बाट आजको दिन लाभदायी रहनेछ । अधिक व्यय हुनेछ । परिवारजन बाट राम्रो सहकार्य मिल्नेछ । आँखा या दाँत सम्बन्धी पिडामा राहतको अनुभव हुनेछ । उत्तम भोजन प्राप्त हुने योग छ । आफ्नो मधुर वाणीले जो-कोहीको मन जित्न सक्नु हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आजको दुन मध्यम फलदायी रहनेछ । विचारको सम्वृद्धि बढ्नेछ । वाणीको सहायताले लाभकारी तथा मेलजोलको सम्बन्ध बनाउन सक्नु हुनेछ । व्यवसायिक रुपले लाभदायी दिन रहनेछ । स्वास्थ्य राम्रो रहनेछ । मन प्रसन्न रहनेछ । आर्थिक लाभ लिन सक्नु हुनेछ । सुख र आनंद प्राप्ती हुनेछ । शुभ समाचार मिल्नुका साथै आनन्ददायी प्रवासको योग छ । उत्तम वैवाहिक सुखको अनुभूति हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आफ्नो स्वास्थ्यको ध्यान राख्नु होला । असंयमित या अविचारी व्यवहारले तपाइँलाई समस्यामा पुर्याउन सक्दछ । अतः यस्तो व्यवहारबाट बच्नु होला । दुर्घटनाबाट सावधान रहनु होला । अधिक खर्च हुनेछ । व्यावसायिक व्यक्तिको साथ उग्र विवाद हुने सम्भावना छ त्यसैले वाणीमा संयम राख्नु होला । वाद-विवादमा नपर्नु नै उचित देखिन्छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु )
आजको दिन तपाइँको लागी लाभदायी रहनेछ । मित्रको साथ भेट तथा प्राकृतिक स्थलमा घुमफिरको योजना बन्न सक्दछ । विवाह योग्य युवक-युवतिलाई योग्य पात्र मिल्न सक्दछ । पुत्र तथा पत्नीबाट लाभ हुनेछ । विशेष गरि स्त्री मित्रबाट लाभ हुनेछ । उपहार मिल्नेछ । सांसारिक जीवनमा आनन्दको अनुभव गर्नु हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आजको दिनले शुभ फल प्रदान गर्नेछ । गृहस्थजीवनमा आनन्द छाउनेछ । प्रत्येक कार्यमा सफलता प्राप्त हुनेछ । शिर्ष अधिकारी प्रशन्न हुनेछन् । पिताबाट लाभ हुने सम्भावना छ । व्यावसायिक क्षेत्रमा प्रवासको सम्भावना छ । कार्यभारमा वृद्धि हुनेछ । राम्रो आर्थिक योजना पनि बन्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आजको दिन अनुकुलता र प्रतिकुलताबाट मिश्रित फलदायी रहनेछ । बौद्धिक कार्य र व्यावसायिक क्षेत्रमा नयाँ विचारबाट प्रभावित हुनु हुनेछ । सृजनात्मक क्षेत्रमा आफ्नो सृजनशक्तिको परिचय दिन सक्नु हुनेछ । मानसिकरूपले तपाइँको स्वास्थ्य खासै राम्रो रहने छैन । सन्तानसंग सम्बन्धित प्रश्नले तपाइँलाई दुखि बनाउनेछ । धनको निरर्थक व्यव हुन सक्नेछ । मानसिकरूपबाट अस्वस्थताको अनुभव गर्नु हुनेछ । छोटो प्रवास तपाइँको लागी आनन्दप्रद रहनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अनैतिक कृतिबाट टाढै रहनु होला । वाणीमा संयम राख्नु होला । यसरी तपाइँ पारिवारिक घर्षणलाई स्थगित गर्न सक्नु हुनेछ । त्येक व्यक्ति, वस्तु या घटनालाई सकारात्मक दृष्टिकोणबाट हेर्नु होला । अधिक खर्चको कारण धन संकट रहनेछ । क्रोधमा संयम राख्नु होला । शारिरिक र मानसिकरूपले अस्वस्थ रहनु हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
दैनिक कार्यबाट निस्किएर आज मनोरंजनमा दिन व्यतित गर्नु हुनेछ । परिवारजन तथा मित्रलाई पनि यसमा समावेश गर्नु हुनेछ । जुन उनीहरुको लागी पनि आनन्दप्रद रहनेछ । शारीरिक र मानसिकरूपले दिनभर प्रफुल्लित रहनु हुनेछ । तपाइँको प्रतिष्ठामा वृद्धि हुनेछ ।