कस्तो रहला त तपाइँको आजको दिन, हेर्नुहोस् आज साउन ३०,बिहीबारको राशिफल !

वि.सं. २०७६ साउन ३०,बिहीबार,इ.स. २०१९ अगस्ट १५,शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, वर्षा ऋतु, ने.सं. ११३९ गुँलाथ्व, श्रावण शुक्लपक्ष, पूर्णिमा, १६:२८ उप्रान्त प्रतिपदा, नक्षत्र– श्रवण, ८:०० बजेउप्रान्त धनिष्ठा, योग– सौभाग्य, १२:५८ बजेउप्रान्त शोभन, करण– वव, १६:२८ बजेदेखि वालव, ५:२२ बजेउप्रान्त कौलव, आनन्दादिमा ध्वज योग,चन्द्रराशि– मकर, २१:१० बजेउप्रान्त कुम्भ,सूर्योदय– ५:३४ बजे, सूर्यास्त– १८:४० बजे र दिनमान ३२ घडी ५ पला।व्रत/पर्व- जनै पूर्णिमा, ऋषितर्पणी, रक्षाबन्धन, पशुपतिनाथ, कुम्भेश्वर, गोसाइँकुण्ड, दुधकुण्ड, धनुषसागर, त्रिवेणी आदि तीर्थहरूमा धार्मिक मेला, व्याजाँनके, गुँपुन्ही, डडेलधुरामा भागेश्वर जाँत, मुक्तिनाथ यार्तोङ, श्रीप्राणनाथ–छत्रशाल मिलाप, मानस व्रत समाप्ति। संस्कृत दिवस। धनिष्ठा पञ्चक २१:१० बजे प्रारम्भ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

आज निजि विचारलाई छोडेर अन्य विचारलाई अपनाउनु होला । घर तथा परिवारजनको कार्य गर्दा समाधानकारी व्यवहार अपनाउनु उचित रहनेछ । वाणीमा संयम राख्नु होला । वादविवाद र मनमुटाव हुन सक्दछ । समयानुसार भोजन मिल्ने सम्भावना निकै कम छ । आर्थिक विषयमा सावधानी अपनाउनु होला ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आर्थिक जिम्मेवारी प्रति ध्यान जानेछ । आर्थिक लाभको सम्भावना छ । मनमा उत्साह तथा विचारमा स्थिरताको कारण सबै कार्य राम्रो संग गर्न सक्नु हुनेछ । मनोरंजन, सौन्दर्य प्रसाधन, आभूषणको लागी धन खर्च हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

वाणी र व्यवहारको कारण भ्रम नहोस् यसको विशेष ध्यान राख्नु होला । आवेश र उग्रताको कारण कसैसंग खटपट नहोस् यसको पनि पूर्ण ख्याल राख्नु होला । स्वास्थ्यमा केहि खराबी आउनेछ । खासगरी आँखामा पिडा हुन सक्दछ । अकस्मातको योग छ । परिवारजनको साथ कलह हुने सम्भावना छ । आय कम र खर्च अधिक हुनेछ । इश्वरको ध्यान र आध्यात्मिकताले मन शान्त रहनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

आजको दिन तपाइँको लागी लाभकारी रहेको छ । नोकरी र व्यापारमा लाभ हुने संकेत छ । असामान्य व्यक्तिको लागी विवाहको योग छ । आयको साधनमा वृद्धि हुनेछ । आकस्मिक धन मिल्नेछ । आर्थिक योजना सफलतापूर्वक सम्पन्न गर्न सक्नु हुनेछ । कुनै मनोहर स्थलमा प्रवास पर्यटनको आयोजना पनि गर्न सक्नु हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

कर्यक्षेत्रमा राम्रो प्रभाव पर्नेछ । शिर्ष अधिकारी माथि कार्यको राम्रो असर पर्दा मन प्रशन्न रहनेछ । आज हरेक कार्य दृढ मनोबल र पूर्ण आत्मविश्वासको साथ सम्पन्न गर्न सक्नु हुनेछ । पिताको साथ प्रेमपूर्ण सम्बन्ध रहनुका साथै पिताबाट लाभ पनि हुनेछ । जमीन, वाहन, संपत्तिसंग जोडिएका कार्यको लागी अनुकुल सन्या रहेको छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

दिन प्रतिकुलताले भरिपूर्ण हुनेछ । मन चिन्तित रहनेछ । शारीरिक रुपबाट स्फूर्तिको अभाव रहनुका साथै थकान र आशक्तिको अनुभव हुनेछ । नोकरी या व्यवसायिक स्थलमा सहकर्मी र शिर्ष अधिकारीको व्यवहार नकारात्मक रहनेछ । सन्तानको स्वास्थ्यको विषयमा चिन्ता रहनेछ । उनको साथ मतभेद हुने सम्भावना छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

कसैको साथ वादविवाद या झगडा नगर्नु होला । क्रोध माथि संयम राख्नु होला । साथै वाणी र व्यवहारमा पनि संयम राख्नु आवश्यक छ । हितशत्रुबाट पनि सावधान रहनु होला । स्वास्थ्यको ध्यान राख्नु होला । आकस्मिक धनलाभको सम्भावना छ । रहस्यमय विषय तथा गूढ़ विद्या प्रति आकर्षित हुनु हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु )

आजको मनोरंजनको दिन  छ । मित्रको साथ पार्टी या पिकनिकमा दिन राम्रोसंग बित्नेछ । वस्त्राभूषण, वाहन तथा भोजन सुख प्राप्त हुनेछ । मान-प्रतिष्ठामा वृद्धि हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आजको दिन निकै अनुकुल रहनेछ । घरको वातावरण आनन्दप्रद रहनेछ । शारीरिकरूपबाट स्वस्थता र मानसिकरुपबाट प्रफुल्लितताको अनुभव गर्नु हुनेछ । नोकरी र व्यावसायिक स्थलमा अनुकुल वातावरण रहनेछ । अपेक्षित सहकार मिल्नेछ । प्रतिस्पर्धी माथि विजय प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आजको दिन शारीरिक रुपले आलस्य, थकान, अशक्ति रहने हुँदा अस्वस्थताको अनुभव गर्नु हुनेछ । मानसिक रुपबाट चिन्तित रहनु हुनेछ । व्यावसायिक क्षेत्रमा भाग्यले साथ दिने छैन । शिर्ष अधिकारीहरुलाई कार्यले सन्तोष मिल्ने छैन । मनमा द्विविधा रहँदा निर्णय लिन वाधा पर्नेछ । सन्तानको स्वास्थ्य बिग्रन सक्दछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

अधिक भावुक्ताको कारण मनमा अस्वस्थताको अनुभव हुनेछ । सामाजिक रुपमा सम्मान भंग नहोस् यसको विशेष ख्याल राख्नु होला । घर र सम्पतिसंग जोडिएको कार्यमा सावधानी अपनाउनु होला । माताबाट लाभ हुनेछ । विद्याप्राप्तिको लागी अनुकुल दिन छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि )

आवश्यक निर्णय लिनको लागी आजको दिन शुभ रहेको छ । सृजनात्मक शक्तिमा वृद्धि हुनेछ । विचारमा स्थिरता र मनमा दृढता रहँदा कार्य निकै राम्रो संग सम्पादन गर्न सक्नु हुनेछ । मित्रको साथ प्रवास पर्यटनको आयोजन गर्न सक्नु हुनेछ । भाइ-बन्धुको साथ सम्बन्धमा निकटता आउन सक्नेछ । सामाजिकरुपबाट मान-सम्मान, प्रतिष्ठामा वृद्धि हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया