वि.सं. २०७६ असार २०। शुक्रबार। इ.स. २०१९ जुलाई ५। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। ग्रीष्म ऋतु। ने.सं. ११३९ दिल्लाथ्व। आषाढ शुक्लपक्ष। तृतीया, १८:५७ उप्रान्त चतुर्थी। नक्षत्र– तिष्य, ५:२२ बजेदेखि अश्लेषा, २७:५० बजेउप्रान्त मघा। योग– हर्षण, ८:१४ बजेउप्रान्त वज्र। करण– तैतिल, ८:०६ बजेदेखि गर, १८:५७ बजेउप्रान्त वणिज। आनन्दादिमा उत्पात योग। चन्द्रराशि– कर्कट, ३:५० बजेउप्रान्त सिंह। काठमाडौंमा सूर्योदय– ५:१४ बजे, सूर्यास्त– १९:०२ बजे र दिनमान ३४ घडी ८ पला।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आत्मीयता अधिक संवेदनशील बन्नेछ । परिणामस्वरूप कसैको वानी या व्यवहारले तपाइँको भावनामा ठेस पुर्याउनेछ । मानसिक भयको साथै शारीरिक अवास्थाताले बेचेनीको अनुभव हुनेछ । माताको स्वा*स्थ्यमा खराबी आउनेछ । वहान चलाउँदा सावधानी अपनाउनु आवश्यक छ । महत्त्वपूर्ण दस्तावेज नगर्नु नै उचित हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
चिन्ताको बोझबाट राहत अनुभव हुँदा स्फूर्ति और उत्साहको अनुभव गर्नु हुनेछ । भावुकताको प्रभावमा कल्पनाको जगतमा रहनु हुनेछ । तपाइँको आंतरिक साहित्य एवं कलालाई बाहिर ल्याउन उचित दिन रहेको छ । परिवारजनको तर्फ विशेष ध्यान दिनु हुनेछ । मित्रको साथ प्रवासको आयोजना हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कार्य सफलता मिल्नेछ । यद्यपी थोरै ढिलाई हुनेछ । तर पनि त्यस सम्बन्धमा प्रयत्न जारी राख्दा त्यसलाई पुरा गर्न सकिनेछ । आर्थिक आयोजनामा अवरोध पश्चात प्रशस्त मार्ग भएको प्रतित हुनेछ । नोकरी धन्दामा साथी कार्यकर्ताको पूर्ण सहयोग मिल्नेछ । परिवारमा आनन्दको वातावरण मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
शारीरिक- मानसिक सुख बनि रहनेछ । मित्र तथा स्वजनको साथ आजको दिन आनंद र उल्लासमा व्यातित हुनेछ । मन अधिक चंचल रहनेछ । दांपत्यजीवनमा जीवनसाथी प्रति विशेष आकर्षण अनुभव गर्नु हुनेछ । परासको संभावना र आर्थिक लाभको योग छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
चिन्ताको भारले स्वा*स्थ्यमा हानी पुग्नेछ । वादविवादमा नपर्नु नै उचित हुनेछ । कानुनि मामलामा सावधानीपूर्वक कदम उठाउनु होला । भावनाको प्रभावमा परेर कुनै पनि अविचारी कार्य नगर्नु होला । वाणी र व्यवहारमा संयम तथा विवेक राख्नु होला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
तन-मनको स्वस्थताको साथ आजको खुसियाली दिनले तपाइँलाई विवध लाभ प्रदान गर्नेछ । व्यापारी र नोकरी पेशा गर्नेहरुको लागी आज आर्थिक लाभ हुनेछ । विवाहोत्सुक व्यक्तिको लागी अनुकुल परिस्थिति निर्मित हुनेछ । स्त्री मित्र लाभदायक साबित हुनेछन् । प्राकृतिक सौंदर्य स्थानमा पर्यटनको आयोजना हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज तपाइँको कार्य सरलतापूर्वक पूरा हुनेछ । मान- सम्मानमा वृद्धि हुनेछ । कार्यालयमा शिर्ष अधिकारीको तर्फबाट प्रोत्साहन मिल्दा तपाइँको आत्मविश्वासमा वृद्धि हुनेछ । व्यापारीको व्यापार तथा आयमा वृद्धि हुनेछ । गृहस्थ जीवन आनंदपूर्ण रहनेछ । स्वा*स्थ्य राम्रो रहनेछ । उत्तम सांसारिक सुख प्राप्त हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु )
थकान, आलस र चिंताले कार्य गर्ने उत्साह घट्दै जानेछ । विशेष रूपले सन्तान तपाइँको चिन्ताको कारण बन्नेछन् । कार्यक्षेत्रमा अधिकारीवर्गको नकारात्मक व्यवहारले समस्या ल्याउनेछ । प्रतिस्पर्धी र विरोधीको शक्ति बढ्नेछ । व्यवसायमा कठिनाई निर्मित हुनेछ । महत्त्वपूर्ण निर्णय नलिनु नै उचित हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मानसिक स्वा*स्थ्यमा खराबी आउनेछ । त्यसैले क्रोधमा नियन्त्रण राख्नु आवश्यक छ । सरकार विरोधी प्रवृ्त्ति तथा नयाँ सम्बन्ध बन्नेछ । कसैको कारण समयम भोजन प्राप्त हुने छैन । अत्यधिक खर्चमा अंकुश लगाउनु आवश्यक छ । झगडा या विवादबाट टाढा रहनु होला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कार्यभार र मानसिक टेन्शनमा राहत पाई मित्रको सक्थ खुशीपूर्वक आजको दिन व्यतित हुनेछ । विपरीत लिंगीय व्यक्ति प्रति आकर्षण अनुभव गर्नु हुनेछ । उत्तम वैवाहिक सुख प्राप्त हुनेछ । व्यापारीले व्यापार विस्तार गर्न सक्नेछन् । आर्थिक लाभ र मानसम्मानमा वृद्धि हुनेछ । स्वा*स्थ्य राम्रो रहनेछ । प्रिय व्यक्तिको साथ भेटघाट या छोटो प्रवासको आयोजना हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कार्यभारमा सफलताको साथ यश मिल्नेछ । पारिवारिक सदस्यको साथ अधिक उष्मा र प्रेमपूर्ण व्यवहार रहनेछ । शारीरिक तथा मानसिक स्वस्थता रहनेछ । घरमा आनंद र उत्साहको वातावरण रहनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
साहित्यिक क्षेत्रमा गहिरो रुचि हुनेछ । हृदयको कोमलता प्रियजनलाई निकट ल्याउनेछ । स्वभावमा भावुकता र कामुकताको प्रबलता अधिक रहनेछ । स्वा*स्थ्यको दृष्टिबाट मध्यम दिन रहनेछ । विद्यार्थीले पढाइमा राम्रो प्रदर्शन गर्न सक्नेछन् । मानसिक संतुलन र वाणीमा संयम राख्नु आवश्यक छ ।



